मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ बैशाख ४ आइतबार १४:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको भन्दै विद्यालय तोडफोड

Read Time : < 1 मिनेट
२०७९ बैशाख ४ आइतबार १४:४६:००

नवलपरासीको गैँडाकोट– ५ स्थित जनक माध्यामिक विद्यालयमा अध्ययनरत एक छात्रालाई विद्यालयका शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले विद्यालयमा तोडफोड गरेका छन् । कक्षा १२ मा अध्ययनरत छात्रालाई शिक्षक कपिल घिमिरेले ‘पोर्न भिडियो’ देखाएर जबर्जस्ती गर्न खोजेको भन्दै विद्यार्थीले विद्यालय तोडफोड गरेका हुन् । स्थिति तनावपूर्ण भएपछि विद्यालय परिसरमा दुईवटा मोटरसाइकल जलाइएको छ । शिक्षकलाई विद्यालयभित्र सुरक्षाकर्मीले सुरक्षा घेरामा राखेका छन् । 

केही दिनअघि शिक्षकले छात्रालाई दुर्व्यवहार गरेका थिए । तर, प्रहरी प्रशासनलाई जानकारी नदिई विद्यालयभित्रै घटना मिलाउन खोजेपछि विद्यार्थी आक्रोशित भएको बताइएको छ । जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले भने घटनाबारे कुनै प्रतिक्रिया दिन मानेन ।