Skip This
स्याङ्जा जिप दुर्घटना : घाइतेमध्ये पाँचजनाको मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ४ आइतबार
  • Sunday, 16 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख ४ आइतबार १२:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

स्याङ्जा जिप दुर्घटना : घाइतेमध्ये पाँचजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख ४ आइतबार १२:२६:oo

स्याङ्जाको वालिङमा भएको जिप दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ। बिहान १० बजे डाँडाखर्कबाट वालिङतर्फ आउँदै गरेको ग.१.च ६३९९ नम्बरको जिप दुर्घटना हुँदा ६ जना घाइते भएका थिए।

दुर्घटनापछि घाइतेहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो। उपचारका क्रममा पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा तीन महिला, एक पुरुष र एक बालक रहेका छन्। अस्पताल पुर्‍याएपछि उनीहरूको मृत्यु भएको बताइएको छ। जिप सडकबाट दुई सय मिटर तल खसेको थियो। जिपमा ११ जना सवार थिए।

ad
ad
ad
ad