१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format o९:४o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका तीन सय ५६ जनाको एकमुष्ट स्वास्थ्य बिमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:४o:oo

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले तीन सय ५६ जनाको एकमुष्ट स्वास्थ्य बिमा गरेको छ । प्रतिष्ठानले स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी गरी दुई सय २७ जना र प्रतिष्ठानमा अध्ययनरत एक सय २९ जना विद्यार्थीको स्वास्थ्य बिमा गरेको हो । 

दुर्गम तथा पिछडिएको क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा तथा खोजमूलक अनुसन्धान गर्ने उद्देश्यले स्थापित प्रतिष्ठानले नेपाल सरकार स्वास्थ्य बिमा बोर्डअन्तर्गत सम्पूर्ण स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी तथा विद्यार्थीको बिमा अनिवार्य गरेको हो । 

प्रतिष्ठानका कार्यालय सहयोगी ३१ जना, सिएमए, एनएम–एचए १६ जना, स्टाफ नर्स ६१ जना, प्रशासनिक कर्मचारी १९ जना, नर्सिङ अधिकृत सातजना, ल्याब–एक्सरे र फार्मेसी कर्मचारी २१ जना, मेडिकल अधिकृत १७ जना, आवासीय चिकित्सक पाँचजना र शिक्षक ५० जना गरी दुई सय २७ जनाको स्वास्थ्य बिमा गरिएको हो । 

यस्तै, विद्यार्थीतर्फ एमबिबिएस अध्ययनरत विद्यार्थी १५ जना, बिफर्मा आठजना, बिएनएस ११ जना, बिएमएस द्वितीय वर्षका चारजना, बिएमएस प्रथम वर्षका विद्यार्थी दुईजना, बिपिएच तृतीय वर्षका १२ जना, बिपिएच द्वितीय वर्षका १२ जना, बिपिएच प्रथम वर्षका ६ जना, पिसिएल नर्सिङका ३६ जना र एचएका विद्यार्थी २३ जना गरी एक सय २९ जनाको बिमा गरेको हो । 

आमनागरिकको स्वास्थ्य सेवामा सहज पहुँच र सुनिश्चित गर्न स्वास्थ्य बिमा ऐन, २०७४ तथा नियमावली, २०७५ को कार्यान्वयनका क्रममा प्रतिष्ठानले शिक्षक, स्वास्थ्यकर्मी, कर्मचारी र विद्यार्थीको एकमुष्ट बिमा गरेको अस्पताल निर्देशक डाक्टर पुजन रोकायाले बताए । यहाँका आठवटा स्थानीय तहमध्ये गुठीचौर र तातोपानी गाउँपालिकाले विपन्न नागरिकको पहिचान गरी निःशुल्क स्वास्थ्य बिमा गरेका छन् । स्थानीय तहले विपन्नको सिफारिस पठाउनुभन्दा पनि उनीहरूकै नाममा स्वास्थ्य बिमा गर्न उपयुक्त हुने उनको भनाइ छ । 

जुम्लाको एक लाख १९ हजार तीन सय ७७ जनसंख्यामध्ये ५७ हजार १३ जनाको मात्रै स्वास्थ्य बिमा भएको स्वास्थ्य बिमा बोर्ड जुम्लाका प्रमुख प्रेम भण्डारीले बताए । उनले भने, ‘तीन हजार पाँच सय ६९ जना विपन्न नागरिक, दुई हजार दुई सय ८१ जना ज्येष्ठ नागरिक, एचआइभी संक्रमति एकजना, क्षयरोगी दुईजना, (क) वर्गका अपांगता भएका व्यक्ति ४७ जनाको निःशुल्क स्वास्थ्य बिमा भएको छ ।’ 

जुम्लासहित हिमाली दुर्गम जिल्लामा ६० वर्षमाथिका लागि ज्येष्ठ नागरिकका रूपमा सामाजिक सुरक्षा–भत्ता वितरण गर्ने प्रावधान भए पनि स्वास्थ्य बिमाका लागि भने ७० वर्षमाथिका व्यक्तिलाई मात्रै ज्येष्ठ नागरिक मानेको छ । यसले सरकारी सेवा प्रवाहमा निकै विरोधाभास देखिएको छ । ६० वर्षमाथिका नागरिकलाई नै ज्येष्ठ नागरिकका आधारमा स्वास्थ्य बिमा गर्नुपर्ने नागरिक अगुवा राजबहादुर महतले बताए । उनले भने, ‘स्वास्थ्य बिमा ऐन नियमावली परिवर्तन गरेरै भए पनि ६० वर्षमाथिका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिइनुपर्छ ।