Skip This
सफ्टवेरिका कलेजका तीन सय ५४ विद्यार्थी दीक्षित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १ बिहीबार
  • Sunday, 16 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख १ बिहीबार o७:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

सफ्टवेरिका कलेजका तीन सय ५४ विद्यार्थी दीक्षित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख १ बिहीबार o७:५५:oo

आइटी पाठ्यक्रम अध्यापन गराउँदै आएको सफ्टवेरिका कलेज अफ आइटी एन्ड इ–कमर्सका तीन सय ५४ जना विद्यार्थी दीक्षित भएका छन् । बेलायतको कोभेन्ट्री युनिभर्सिटीको पाठ्यक्रम अध्यापन गराउँदै आएको कलेजका स्नातक उत्तीर्ण विद्यार्थीको राजधानीमा एक समारोहबीच दीक्षान्त समारोह गरिएको हो । 

कलेज प्रमुख प्रमोद पौडेलले विद्यार्थी दीक्षान्तअगावै रोजगारी र व्यवसायमा आबद्ध भएको खबरले आफूहरूलाई थप हौस्याएको बताए । कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले दीक्षित भएका विद्यार्थीमध्ये ६०.२५ प्रतिशत विद्यार्थी विभिन्न सरकारी एवं निजी संस्थामा कार्यरत रहेको तथा २३ प्रतिशत विद्यार्थी रोजगारी एवं थप अध्ययनका लागि विदेश गएको बताए । त्यस्तै, १२.५ प्रतिशत विद्यार्थीले आफ्नै स्टार्टअप सुरु गरेको तथा ४.२५ प्रतिशतले फ्रिलान्सिङ गरिरहेका र उच्च शिक्षाका लागि विदेश जाने तयारीमा रहेको उनको भनाइ छ । 

प्रयोगात्मक अध्यापनलाई जोड दिने दाबी गर्दै कलेजले विभिन्न समयमा विद्यार्थीका परियोजनाको प्रदर्शनीसमेत आयोजना गर्ने गरेको जनाएको छ । बिआइटी अध्ययन गर्ने विद्यार्थीका लागि इन्नोभेसन हब तयार गरेको जनाइएको छ । कलेजको पढाइ सँगसँगै विद्यार्थीले अनुसन्धानमा समेत जोड दिन सकून् भनेर इन्नोभेसन हबको परिकल्पना गरिएको अध्यक्ष श्रेष्ठले बताए । आर्थिक अभावका कारण अनुसन्धानमा असर नपरोस् भनेर कलेजले व्यावसायिक सम्भावना भएका उत्कृष्ट परियोजनालाई पाँच लाख रुपैयाँसम्म अनुदान दिने गरेको श्रेष्ठको भनाइ छ । 

इन्नोभेसन हबमा कम्प्युटर, थ्रिडी प्रिन्टर, सेन्सर, रोबटिक्स उपकरण, ड्रोन, लेगोसलगायत परियोजनाको आवश्यकताअनुसारका उपकरण सुविधा भएको कलेज प्रमुख पौडेलले बताए । इन्नोभेसन हबमा उत्कृष्ट गर्ने विद्यार्थीलाई कोभेन्ट्री युनिभर्सिटीसँग समन्वय गरी थप अवसर दिलाइने बताइएको छ । कलेजले औपचारिक अध्यापनबाहेक सिस्को सर्टिफाइड कोर्स, सर्टिफाइड एथिकल ह्याकिङ कोर्स र अन्य आइटी सम्बन्धित पाठ्यक्रमका कक्षासमेत सञ्चालन गरिएको जनाएको छ । 

ad
ad
ad
ad