१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ जेठ ४ शुक्रबार १४:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

तीन लाखभन्दा बढी अवैध भारतीय रुपैयाँसहित चारजना पक्राउ 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १४:१३:oo

स्रोत नखुलेको तीन लाख आठ हजार भारतीय रुपैयाँसहित चारजना पक्राउ परेका छन् । मंगलबार साँझ भारतबाट नेपालतर्फ आउँदै गर्दा तीन लाख आठ हजार पाँच सय भारतीय रुपैयाँसहित दुई भारतीय र दुई नेपाली नागरिक गरी चारजना पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा भारत बिहार राज्यको सहरसा जिल्लाका ३७ वर्षीय अभिनाश मुखिया र २९ वर्षीय विष्णुदेव मुखिया तथा सुनसरीको  बर्जु गाउँपालिका– १ का ३८ वर्षीय सुरज ऋषिदेव र  ३८ वर्षीया शिवकुमारी ऋषिदेव रहेका छन् । पक्राउ परेका चारैजनालाई इलाका प्रहरी रानीको टोलीले चेकजाँचका क्रममा पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि राजस्व कार्यालय इटहरीको जिम्मा लगाएको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।  
 

ad
ad