मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभाका मनोनीत सदस्य दाहालद्वारा शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:o९:oo

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहाललाई पद तथा गोपनीयताको शपथ गराएका छन्। राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठककक्षमा आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई शपथ गराएका हुन्।

शपथपछि अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई संघीय संसद्को लोगो प्रदान गरेका थिए। अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई राष्ट्रिय सभाको गरिमा उँचो राख्दै काम गर्न शुभकामना दिए । शपथग्रहण कार्यक्रममा संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमलगायतको उपस्थिति थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही चैत २५ गते दाहाललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभा सदस्य मनोनीत गरेकी थिइन्। सरकारले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम उनलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। रासस