१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नवीन गुरुङ संखुवासभा
२o८१ जेठ ४ शुक्रबार o८:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

वैशाख ४ बाट कृषि गणना सुरु

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o८:५८:oo

राष्ट्रिय कृषि गणनाका लागि संखुवासभामा ४ वैशाखदेखि गणकहरू फिल्डमा खटिने भएका छन् । कृषि गणना तयारीका लागि संखुवासभाको खाँदबारीमा जिल्ला कृषि गणना कार्यालय स्थापना भई काम सुरु भएको हो । जिल्लाका १० वटा स्थानीय तह र त्यसअन्तर्गतका ७६ वटा वडाहरूमध्ये ७० वडास्तरमा कृषि गणना गरिने जिल्ला कृषि गणना अधिकारी पुष्कर गुरागाईंले जानकारी दिए ।

उनका अनुसार खेतीयोग्य जमिन र त्यसमा प्रयोग भइरहेको मलदेखि विषादीसम्मको विवरण समेट्ने गरी प्रश्नावली बनाइएको छ । नेपालका प्रत्येक जिल्लाको कृषि संरचना, गतिविधि तथा कृषि उत्पादनसँग सम्बन्धित विवरण संकलन गरिन्छ । कृषकले चलन गरेको जग्गाको आधार, जग्गाको उपभोग र उपयोग, बाली लागेको क्षेत्रफल र बालीको उत्पादन, सिँचाइ, पशुपक्षी संख्या, कृषि औजारको उपयोग, कृषि कर्ममा संलग्न जनशक्तिजस्ता विषयमा तथ्यांक संकलन गरिने भएको छ । यो नमुना सर्वेक्षण विधिका आधारमा संकलन गरिने भएकाले सबै कृषकहरूका घरघरमा जानुपर्दैैन, विभिन्न सूचांकका आधारमा कृषि गणना गरिन्छ ।

कृषि गणनाका लागि संखुवासभामा ५९ जना गणक र १६ जना सुपरिवेक्षक माग गरिएको छ । माग गरिएबमोजिम सुपरिवेक्षकले दुर्गम भोटखोला र मकालु गाउँपालिकामा काम गर्न जान नमानेपछि जिल्ला समन्वय समितिसँग वैकल्पिक विधिका बारेमा समन्वय भइरहेको जिल्ला कृषि गणना अधिकारी गुरागाईंले बताए । २५ चैतदेखि सुरपरिवेक्षक र गणकका लागि अभिमुखीकरण तालिम रहेको छ । गणकले आठ दिन र सुरपरिवेक्षकले नौ दिन अनिवार्य तालिम लिनुपर्ने गुरागाईंको भनाइ छ । तालिमपश्चात् मात्रै सुपरिवेक्षक र गणकलाई फिल्डमा खटाइने उनको भनाइ छ ।

ad
ad