मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत ११ शनिबार
  • Saturday, 25 March, 2023
२०७८ चैत २८ सोमबार १७:४१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीले प्रतिगामी कित्तामा रहेर दक्षिणपन्थीहरूसँग साँठगाठ गरेको नेपालको आरोप

Read Time : < 1 मिनेट
२०७८ चैत २८ सोमबार १७:४१:००

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली गफाडीको राजा भएको टिप्पणी गरेका छन्। पार्टीको बाग्लुङ जिल्ला कमिटीले सोमबार आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले ओलीले जनतालाई गफैगफले भुलाएको बताएका हुन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले अहिले समाजवादीको यात्रामा लहर लागेको देखेर ओलीलाई डाहा लागेको दाबी गरे। ‘ओली आफू गफ मात्र हाँक्दै हिँडेका छन्। जनतालाई समाजवादीको विश्वास जागेको छ,’ उनले भने, ‘ओलीले म्याग्दीसम्म रेल गुडाउने जनतालाई झुटा सपना देखाएर गफ मात्र लगाए। अहिले पूरा हुन सकेन, आफ्नो अस्तित्वसमेत गुमाएका छन्।’
 
कमल थापा र ओलीबीच निकटता बढिरहेको भन्दै उनले लोकतन्त्रका मुद्दा मिल्नेहरूसँग ओलीको मेल नहुने टिप्पणी गरे। ओलीले अहिले विदेशीहरूको दलाली गर्ने पार्टीका नेताहरूसँग मेलमिलाप गरिरहेका नेपालको आरोप छ। उनले भने, ‘लोकतन्त्रका मुद्दा मिल्ने पार्टीसँग उनको मेल हुँदैन। कम्युनिस्ट विचार धारणाका पार्टीसँग उनको मेल हुँदैन। अहिले प्रतिगामी कित्तामा रहेर दक्षिणपन्थीहरूसँग साँठगाठ गरेका छन्।’