Skip This
अल्ट्रा म्याराथनको  उपाधि दुर्ग र सारधालाई
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २८ सोमबार
  • Saturday, 27 July, 2024
२o७८ चैत २८ सोमबार o८:१५:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अल्ट्रा म्याराथनको  उपाधि दुर्ग र सारधालाई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत २८ सोमबार o८:१५:oo

रारा अल्ट्रा म्याराथनको पुरुष र महिलातर्फको दुवै उपाधि जुम्लाका धावकले जितेका छन् । म्याराथनअन्तर्गत ४९ किलोमिटर दूरी पाँच घन्टा दुई मिनेट २० सेकेन्डमा पूरा गर्दै पुरुषतर्फ दुर्गबहादुर बुढा र ६ घन्टा ३४ मिनेट ४१ सकेन्डमा पार गर्दै महिलातर्फ शारधा भण्डारी च्याम्पियन बनेका हुन् ।

यस्तै, पुरुषतर्फ दलबहादुर बुढा (पाँच घन्टा पाँच मिनेट ४८ सेकन्ड) द्वितीय, वेदबहादुर शाही तृतीय भए । चन्द्र रावलसहित सातजनाले सान्त्वना स्थान हासिल गरेको आयोजक संस्था कर्णाली स्पोर्ट क्बलका अध्यक्ष सरोज शाहीले जानकारी दिए । उनका अनुसार महिलातर्फ द्वितीय गणना भण्डारी भइन् । उनले ६ घन्टा ५९ मिनेटमा निर्धारित दूरी पार गरेकी छिन् । मञ्जु रावत तृतीय हुँदा उमाकली बुढासहित सातजना सान्त्वना भएका छन् ।

कर्णालीको पर्यटन प्रवद्र्धन तथा उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्र स्थापना गर्ने उद्देश्यले आयोजना भएको म्याराथनमा भारतका एकसहित नेपालका ७७ धावक सहभागी थिए । म्याराथनका टप १० भित्र पर्ने सबै खेलाडीलाई पर्यटकीयस्थल मुगुको रारा तालमा आइतबार बिहान पुरस्कार वितरण गरिएको छ । पुरुषतर्फ प्रथम हुनेले नगद एक लाख २५ हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी, द्वितीय हुनेले ६२ हजार पाँच सय, तृतीय हुनेले ३७ हजार पाँच सय र सान्त्वना हुनेहरूले तीन हजार पाँच सयका दरले पुरस्कार पाएका छन् ।

अब पूर्वाधार निर्माणमा जुट्छु : मुख्यमन्त्री शाही 
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकार अब जुम्लामा अलपत्र रहेका खेलकुद पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । पातारासी गाउँपालिकाको लोडचौरस्थित हाई अल्टिच्युट ट्रेनिङ सेन्टर, भलिबल पाराफिटलगायत पूर्वाधार निर्माणलाई अघि बढाउने बताए ।  तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथनको उद्घाटनसँगै चारदिने जुम्ला भ्रमण सकेर फर्किने क्रममा मुख्यमन्त्री शाहीले खेलकुदका माध्यमबाट कर्णालीको पर्यटन पर्वद्धन  गर्न सकिने बताए । अल्ट्रा म्याराथनजस्ता साहसिक खेलले कर्णालीको पर्यटन पर्वद्धनमा टेवा पुग्ने भएकाले नियमित अभ्यासका लागि पातारासीको हाई अल्टिच्युड ट्रेनिङ सेन्टर स्थापनालाई तत्काल अघि बढाउन पहल गर्ने उनले बताए । । हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको स्थलगत अनुगमन पनि गरेको र तत्काल गर्न सकिने निर्माण कार्यलाई अगाडि बढाइने उनको भनाइ छ ।