Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत २८ सोमबार ०८:०६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आयात कटौती मात्रै समाधान होइन : चेम्बर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत २८ सोमबार ०८:०६:००

विदेशी विनिमय सञ्चिति तथा शोधनान्तर घाटालगायत अहिलेको समस्या समाधानको विकल्प आयात कटौती मात्रै नभएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बताएका छन् ।  नेपाल चेम्बर अफ कमर्सको ७१औँ वार्षिक साधारणसभामा बोल्दै उनले भने, ‘निरन्तरको बढ्दो आयातले विदेशी मुद्रा सञ्चितिमा ह्रास आएकाले केही वस्तुहरूको आयातलाई कटौती गर्ने रणनीति सरकारले लिएको देखिन्छ,’ उनले भने, ‘तर, पुँजीगत वस्तुहरू, औद्योगिक कच्चा पदार्थका रूपमा प्रयोग हुने वस्तुहरू एवं सदैव मूल्य अभिवृद्धि गर्ने वस्तुहरूको आयातलाई समेत निरुत्साहित गर्दा अर्थतन्त्रमा थप नकारात्मक असर पर्नेतर्फ पनि गम्भीरतापूर्वक ध्यान जानु आवश्यक छ । परिवत्र्य विदेशी मुद्रा आर्जनको स्रोत वृद्धि नगरेसम्म आयात कटौतीले मात्रै विदेशी मुद्राको सञ्चिति बढ्न सक्तैन ।’ 

कार्यक्रममा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि संवाद र सहकार्य गर्न सरोकारवालालाई सुझाव दिएका छन् । सभामुख सापकोटाले संवाद, सहकार्य र समन्वय गरेरै अर्थतन्त्रका समस्या समाधान गर्न आग्रह गरेका हुन् । उनले व्यवसायीहरूलाई निष्ठापूर्वक काम गर्नसमेत सुझाव दिए ।

कार्यक्रममा मुख्यसचिव शंकरदास वैरागीले व्यवसायमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको बताउँदै उद्योगी तथा व्यवसायीको समस्या समाधानका लागि सरकारका तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकामा कुनै कमी नहुने बताए । ‘एउटा समृद्ध अर्थतन्त्र निर्माणमा निजी क्षेत्रको भूमिका अग्रणी स्थानमा रहेको छ,  निजी क्षेत्रको उपस्थितिविना राज्यले विकासको यात्रालाई अगाडि बढाउन सक्दैन,’ उनले भने, ‘निजी क्षेत्र र सरकारबीच सहकार्य बढेको छ, विगतको जस्तो निजी क्षेत्रलाई शंकालु नजरले हेर्ने र फरक ढंगबाट नियाल्ने कार्यमा समेत आमूल परिवर्तन आइसकेको छ ।’ निजी क्षेत्रलाई भरपूर सहयोग पु¥याएर विकासको यात्रा सम्भव छ भन्ने सरकारको सोच रहेको उनले बताए ।

उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ७१ वर्षअघि ‘वाणिक मण्डल’को स्थापना गरी सुरु गरेको ‘चेम्बर अभियान’ अहिले मुलुकभर विस्तार भएको बताए । हालसम्म ७० जिल्ला चेम्बर, ५१ नगर चेम्बर, ४३ वस्तुगत तथा द्विराष्ट्रिय चेम्बरहरू नेपाल चेम्बरमा आबद्ध भइसकेको, ७० भन्दा बढी मित्र राष्ट्रहरूका चेम्बरसँग समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भई आपसी हित र आर्थिक समृद्धिका क्षेत्रमा सहकार्य भइरहेको उनले जानकारी दिए ।

 उद्योगी–व्यवसायी सम्मानित 
उक्त अवसरमा आर्थिक क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूलाई चेम्बरले सम्मानसमेत गरेको थियो । सम्मानित हुनेमा आइसिटिसी ग्रुपका अध्यक्ष रामलाल श्रेष्ठ, वैद्यज अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड टे«डिङ हाउसका अध्यक्ष सुरज वैद्य, अन्नपूर्ण ट्राभलका अध्यक्ष नवराज घिमिरे, निम्बस गु्रपका अध्यक्ष जगदीश अग्रवाल, एचसी दुगड ग्रुपका अध्यक्ष हुकुमचन्द दुगड नेपाल सिल्क (मोहिनी महर्जन तथा गीता श्रेष्ठ) र छत्रपाटी निःशुल्क चिकित्सालय रहेका छन् । त्यस्तै, जिल्ला तथा नगर चेम्बरमध्येबाट धनुषा, सैनामैना, कृष्णनगर, भक्तपुर चेम्बर अफ कमर्स सम्मानित भए ।