१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १४:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा चितवनमा दुई शिक्षक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:२८:oo

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा चितवन भरतपुर(१३ गंगानगरस्थित एक विद्यालयका दुई शिक्षक पक्राउ परेका छन्। महिनौँअघिदेखि विद्यालयका छात्राको संवेदनशील अंग सुम्सुम्याएको घटना बाहिर आएपछि उनीहरू पक्राउ परेका हुन् ।

बिहीबार विद्यालय पुगेका आक्रोशित अभिभावकहरूले दुर्व्यवहार गर्ने शिक्षकहरू विमलप्रसाद देवकोटा र फणिन्द्र भट्टराईलाई हातपात गर्न खोजेका थिए। प्रहरीले आरोपित दुवै शिक्षकलाई विद्यालयबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनमा प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।

अरोपित शिक्षकलाई प्रहरी कार्यलय पुर्‍याएपछि विद्यार्थीहरू पनि न्यायका लागि गाडी चढेर जिल्ला प्रहरी कार्यालय पुगेका थिए। ४, ५ र ६ कक्षामा पढ्दै गरेका छात्राहरूले ती शिक्षकले शरीरको भित्री कपडा तान्ने, संवेदनशील अंग सुम्सुम्याउनेजस्ता गलत कार्य गरेको आरोप लगाएका छन् । १७ जना विद्यार्थीहरूले शिक्षकबाट पटकपटक दुर्व्यवहारमा परेको बताएका अभिभावक ज्योति तामाङले बताए।

यद्यपि, १३ वर्षीया बालिकालाई शिक्षक भट्टराईले र सोही विद्यालयमा अध्यनरत १२ वर्षीया अर्की बालिकलाई शिक्षक देवकोटाले दुर्व्यवहार गरेको भनी बिहीबार दुईजनाको मात्र जाहेरी परेको प्रहरीले जनाएको छ। शिक्षकद्वयलाई शुक्रबार चितवन जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए।

विगतमा पनि यी शिक्षकहरूले यस्ता कार्य गरेको र पटक–पटक विद्यालयभित्रै शिक्षकहरूले मिलाउने गरेको विद्यार्थीहरूको आरोप छ। घटना सार्वजनिक भएपछि प्रहरी, जनप्रतिनिधि, विद्यार्थी र अभिभावकबीच नियमित विद्यालय कसरी सञ्चालन गर्ने भन्नेबारेमा समेत जिल्ला प्रहरी कार्यलयमा छलफल भएको थियो।

यसअघि चितवनकै माडीको सोमेश्वर उच्च माध्यमिक विद्यालयमा फागुन २९ गते शिक्षक सुरज लामिछानेले छात्रालाई दुर्व्यवहार गरेको भन्दै जाहेरी परेको थियो। यो घटनाको विषयमा समेत प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।