१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
सौरभ यादव राजविराज
Invalid date format १२:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आकाशमुनि आगलागीपीडित

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १२:३७:oo

सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–४ टेंग्रीका ४५ वर्षीय डम्बर यादवलाई आकाशमा कालो बादल देख्नेबित्तिकै होसहवास उडेजस्तो हुन्छ। हावाहुरीसहित पानी पर्‍यो भने बालबालिकासहित परिवारलाई कसरी जोगाउने भन्ने चिन्ताले उनलाई सताएको छ । अहिले सपरिवार सानो त्रिपालको भरमा बस्दै आएका छन्। उनीसहित ११ परिवारको यस्तै समस्या छ। गत फागुन २८ गते राति डम्बर यादवको घरबाट सल्केको आगोले ११ परिवारको घर पूर्ण रूपमा जलेर नष्ट भएको थियो।

स्थानीय डम्बर यादवको चार, दिनेश यादवको तीनवटा घर र एउटा गोठ, फुलदेव यादवको दुईवटा घर र एउटा गोठ, भोला यादवको तीन घर र एउटा गोठ, मनोज यादवको दुईवटा घर र एउटा गोठ, श्याम यादवको एउटा घर जलेर नष्ट भएको थियो। दैनिक ज्यालादारीबाट बिहान–बेलुकीको छाक टार्दै आएका उनीहरू आगलागीपछि बिचल्लीमा छन्।

यता विपत् व्यवस्थापन समितिका संयोजकसमेत रहेका सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आगलागी पीडितलाई प्रारम्भिक चरणमा मलमपट्टीका लागि जनही १२ हजार रुपैयाँ उपलब्ध गइराएको बताए। प्रजिअ गौतमले घर निर्माण गर्न गाउँपालिका र प्रदेश सरकारको ध्यानाकर्षण गराइएको जानकारी दिए। चाँडै नै निर्माण कार्य सुरु गरिने गौतमले बताए।
 
अग्निसाइर कृष्णासवरण गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले घर निर्माण कार्य छिट्टै सुरु गरिने बताए। सबै पक्रिया अन्तिम चरणमा रहेको उनले जानकारी दिएका छन् ।