मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ चैत २५ शुक्रबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २५ शुक्रबार १५:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धर्मशालाभित्र बतास समूहले चलाएको होटेलमा कोषले लगायो ताल्चा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २५ शुक्रबार १५:oo:oo

नेपाल–भारतमैत्री धर्मशालाभित्र सञ्चालित होटेल आनन्दको मूलगेटमा सरकारले ताल्चा लगाइदिएको छ। पशुपतिस्थित धर्मशालाभित्र बतास समूहले चलाएको होटेलको मूलगेटमा पशुपति क्षेत्र विकास कोषले ताल्चा लगाएको हो।

ताल्चा लगाउनुअघि कोषले होटेल खाली गर्न सूचना जारी गरेको थियो। तर, बतास समूहले कोषको टोलीलाई मूलगेटमै रोकेपछि कोषको टोलीले शुक्रबार मूलगेटमा ताला लगाएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। उनका अनुसार त्यसभित्रका सामान हराउने तथा हिनामिना हुने डरमा कोषले ताल्चा लगाएको हो।

‘उहाँहरूलाई हामीले लिखित पत्र पनि जारी गरेका छौँ, त्यसबाहेक कोषको टोली त्यहाँ पुग्दा उहाँहरूले भित्रसमेत छिर्न दिनुभएन,’ उनले भने, त्यसैले हामीले होटेलको गेटमा ताल्चा लगायौँ।’ 

कोषले होटेलका सामान नचलाउन बतास समूहलाई अनुरोध गरेको छ। शुक्रबार ताल्चा लगाउने क्रममा कोष र होटेलका कर्मचारीबीच घम्साघम्सीसमेत भएको थियो। होटेलका कर्मचारीले कोषका कर्मचारीलाई भित्र प्रवेश गर्न नदिएपछि कोषले बाहिरी गेटमा ताल्चा लगाएर सूचना टाँसी फर्किएको छ।