मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १४:४५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप वीरगन्जमा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:४५:oo

वीरगन्जमा पर्सा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप शुक्रबारदेखि सुरु भएको छ । तेक्वान्दो संघ पर्साको आयोजनामा वीरगन्ज नगर सभागृहमा पर्सा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप– २०७८ आयोजना गरिएको हो । मधेस प्रदेशका ऊर्जा तथा खानेपानीमन्त्री ओमप्रकाश शर्माले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

उद्घाटनको क्रममा बोल्दै तेक्वान्दो खेलाडीसमेत रहेका मन्त्री शर्माले नेपालमा ४० वर्षअघि प्रतिबन्धित खेललाई आफूहरूले भारतको रक्सौलमा पुगेर निरन्तरता दिएको बताए । प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका खेलाडीको सहभागिता रहेको छ । नेपालबाट सातवटै प्रदेश, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लब तथा भारत र बंगलादेशका टिम सहभागी छन् ।

नेपालबाट १२, भारतको सिक्किम, दार्जिलिङ र पन्जाब गरी चार र बंगलादेशबाट एक गरी कुल १७ टिमका खेलाडीले प्रतियोगितामा भाग लिएको पर्सा जिल्ला तेक्वान्दो संघका कोषाध्यक्ष रोशन गुप्ताले जानकारी दिए । उनका अनुसार शनिबारसम्म चल्ने च्याम्पियनसिपमा ४१ केजीदेखि ७४ केजी तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पर्सा जिल्ला तेक्वान्दो संघले ०५९ बाट नै स्वीकृति लिएर नियमित रूपमा तेक्वान्दो प्रतियोगिता गराउँदै आएको छ । संघका पदाधिकारी र सदस्यहरूको आर्थिक सहयोगमा पहिलोपटक यति ठूलो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप भएको आयोजकले जनाएको छ ।