१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार o७:२८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

युद्ध ट्यांकमा बुद्ध शयन मूर्ति 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o७:२८:oo

शान्तिका अग्रदूत गौतम बुद्धको मावली गाउँ देवदहमा रुस र युक्रेन युद्धको विरोध गर्दै ढुंगाका मूर्तिहरू कुँदिएका छन् । बुद्ध जन्मभूमि लुम्बिनीदेखि करिब ५० किलोमिटर पूर्वमा रहेको देवदह क्षेत्रमा पर्यटन विकास र विश्व शान्तिको कामना गर्दै १५ दिने मूर्तिकला कार्यशाला आयोजना गरिएको थियो । यही क्रममा ठुल्ठूला ढुंगाहरूमा आर्कषक मूर्ति कुदिएको हो । 

यहाँको स्मृति वनवाटिकामा कुदिएका मूर्तिमध्ये एउटा मूर्तिले रुस र युक्रेनबीचको युद्धको विरोध गरेको छ । ‘युद्ध होइन विश्वलाई शान्ति आवश्यकता छ’ भन्ने सन्देश दिने ठूलो ढुंगामा मूर्ति कुँदिएको हो । युद्ध टं्याकमाथि बुद्ध शयन (सुतेको) गरिरहेको भाव झल्काउने मूर्तिले ‘युद्ध त्याग शान्तिको मार्गमा हिँड’ भन्ने सन्देश दिएको छ । 

यो मूर्ति रामचन्द्र पण्डितले कुँदेका हुन् । ड्रिम देवदहका अध्यक्षसमेत रहेका लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले देवदह बुद्धको मालवी क्षेत्र भएकाले यस क्षेत्रको विकास गर्न टेवा पुगोस् भनेर कार्यशाला राखिएको बताए । उनले यहाँ कुँदिएका मूर्तिहरूमा बुद्धले ध्यान गरिरहेकोदेखि विभिन्न भाव झल्काउने खालका रहेको बताए । युद्ध ट्यांकमा सुतेका बुद्धले अहिलेको रुस–युक्रेन युद्धविरुद्धमा राम्रो सन्देश दिएको उनले बताए । युद्धले होइन बुद्ध दर्शन, विचार र शान्तिले जित्नुपर्छ भन्ने सन्देश मूर्तिले दिएको उनले बताए । 

२४ कलाकारको २९ मूर्ति

कार्यशालामा सहभागी २४ जना कलाकारले १५ दिनमा १९ मूर्ति तयार पारेका छन् । यसले पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने र आगामी दिनमा अझ रचनात्मक काम गरिने कार्यक्रम संयोजकसमेत रहेका लुम्बिनी विकास कोषका कोषाध्यक्ष भट्टराईले बताए । ‘यसअघि देवदहकै अर्को पार्कमा काष्ठकलाबाट बुद्धको महŒव र यहाँको इतिहाससँग जोडेर मूर्तिहरू तयार गरिएको थियो । अब आगामी दिनमा अरू पार्कमा अरू खालका  कला झल्काउने प्रयास  रहनेछ,’ उनले भने । २७ बिघा जमिन रहेको वनक्षेत्रको पाँच बिघामा बुद्धसँग जोडिने र भाव झल्काउने मूर्तिहरू तयार भएका छन् । कलाकारहरूलाई सम्मान गर्न कार्यशालास्थल पुगेका लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री घिमिरेले यस किसिमको कार्यले पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने बताए । 

ad
ad