१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
२o८१ जेठ ८ मंगलबार o८:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

तस्करीले ओरालोतर्फ भन्सार असुली

१४ महिनादेखि लक्ष्य भेट्न सकेन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o८:१८:oo

सिराहाको मुख्य भन्सार नाका माडरमा लक्ष्यअनुसारको राजस्व असुली हुन सकेको छैन । नाकामा तस्करी फस्टाएसँगै लक्ष्यअनुसार राजस्व असुली हुन नसकेको हो । माडर भन्सार कार्यालयले पछिल्लो १४ महिनादेखि लक्ष्यअनुसारको राजस्व असुली गर्न सकिरहेको छैन । स्थानीय प्रहरीसँगको मिलेमतोका कारण तस्करी फस्टाएपछि राजस्व लक्ष्यअनुसार असुली हुन नसकेको हो । आव ०७७/७८ को माघदेखि राजस्व असुली ओरालो लागेको छ । माडर भन्सार कार्यालयको तथ्यांकअनुसार चालू आवको आठ महिनामा वार्षिक लक्ष्यको ३४ प्रतिशत अर्थात् आठ करोड १२ लाख चार हजार रुपैयाँ मात्र राजस्व असुली गरेको छ ।

 ओरालोतर्फ भन्सार असुली
पछिल्लो तीन वर्षको तथ्यांकमा राजस्व असुलीमा उचारचढाव देखिएको छ । आव ०७५/७६ मा माडर भन्सारले लक्ष्यको १४४ प्रतिशत राजस्व असुली गरेको तथ्यांक छ । १० करोड ७८ लाख २४ हजार लक्ष्य लिएकोमा १५ करोड ४९ लाख ९० हजार राजस्व असुली गरेको थियो । त्यसपछि ओरालो लाग्ने क्रम सुरु भएको हो । आव ०७६/७७ मा लक्ष्यको ८७ प्रतिशतमा झरेको थियो । त्यस आवमा २० करोड ३० लाख आठ हजार राजस्व असुलीको लक्ष्य दिइए पनि १७ करोड ७३ लाख ४० हजार रुपैयाँ मात्र असुली भएको थियो । 

यस्तै, आव ०७७/७८ मा वार्षिक लक्ष्य १९ करोड ३० लाख ९५ हजार लिएकोमा ८ प्रतिशतले वृद्धि गरी २० करोड ९३ लाख ९३ हजार रुपैयाँ असुली गरेको थियो । उक्त आर्थिक वर्षको माघदेखि असारसम्म लक्ष्यअनुसार राजस्व असुली भएको छैन । गत आवको माघमा ८०, फागुनमा ५८, चैतमा ९५, वैशाखमा ५८, जेठमा १९ र असारमा लक्ष्यको ४० प्रतिशत मात्र राजस्व असुली गरेको थियो । 

चालू आवको साउन महिनामा एक करोड ३९ लाख ४० हजारको लक्ष्य रहेकोमा लक्ष्यको ७० प्रतिशत अर्थात् ९७ लाख ३३ हजार, भदौमा एक करोड ९१ लाख ७१ हजार लक्ष्य रहेकोमा लक्ष्यको ४० प्रतिशत ७७ लाख ४२ हजार, असोजमा एक करोड ८२ लाख ३३ हजार लक्ष्य रहेकोमा लक्ष्यको ५५ प्रतिशत एक करोड २३ हजार, कात्तिकमा एक करोड ९६ लाख ७६ हजार लक्ष्य रहेकोमा लक्ष्यको ५० प्रतिशत ९८ लाख ५९ हजार, मंसिरमा दुई करोड ११ लाख २१ हजार लक्ष्य रहेकोमा लक्ष्यको ५९ प्रतिशत अर्थात् एक करोड २४ लाख ८३ हजार, पुसमा दुई करोड १५ लाख ८० हजार लक्ष्य रहेकोमा लक्ष्यको ५७ प्रतिशत एक करोड २२ लाख ८७ हजार, माघमा एक करोड ८९ लाख ४५ हजार लक्ष्य रहेकोमा लक्ष्यको ५२ प्रतिशत अर्थात् ९८ लाख ४२ हजार र फागुनमा दुई करोड ६ लाख ५१ हजार लक्ष्य रहेकामा ४५ प्रतिशत अर्थात् ९२ लाख ३५ हजार राजस्व असुली गरी कुल आठ करोड १२ लाख चार हजार राजस्व असुली गरेको सिराहा भन्सार कार्यालय माडर सिराहाले जनाएको छ । 

सिराहाको माडर भन्सार कार्यालय प्रमुख जगदीश पूर्वेले सरकारले लेटर अफ क्रेडिट स्याम्पल (एलसी) प्रणाली लागू गरेपछि भारतबाट सामान आयात ठप्प भएको बताए । सबैभन्दा बढी लत्ताकपडा आयात हुँदै आएकोमा एलसी प्रणालीका कारणले ठप्प भएको प्रमुख पूर्वेको भनाइ छ । 

 लत्ताकपडा आयात र मदिरा–मटर भारत निर्यात
सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट र नेपाल प्रहरीका युनिटहरू रहेका छन् ।  जिल्लाको करिब ४० किलोमिटर सीमा क्षेत्रमा सुरक्षाकर्मीको युनिट राखिए पनि तस्करी रोकिएको छैन । स्थानीय प्रहरीसँगको मिलेमतोमा भन्सार छलेर लत्ताकपडा, स्पेयर पार्टस्, कस्टमेटिक सामग्री नेपाल भिœयाउने गरिन्छ । साइकल, मोटरसाइकल, पिकअपमा तस्करहरूको समूहले विभिन्न रुट प्रयोग गरी तस्करीका सामान सिराहा, गोलबजार, लाहान, मिर्चैयालगायतका बजार क्षेत्रमा पुर्‍याउँदै आएका छन् । नेपालबाट भने मदिरा, मटर र चाइनिज स्याउ भन्सार छलेर भारत पुर्‍याउने गरेका छन् ।

ad
ad