Skip This
जानुको ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’ सार्वजनिक
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ चैत २२ मंगलबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २२ मंगलबार १६:२८:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

जानुको ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २२ मंगलबार १६:२८:oo

बेलायतमा बसेर नेपाली साहित्यलेखनमा सक्रिय लेखक जानु काम्बाङ लिम्बूको नयाँ कृति ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’ संस्मरण नियात्रासंग्रह प्रकाशित भएको छ। चैत २१ गते काठमाडौंको बागबजारस्थित हार्दिक होटेलमा एक समारोहबीच जानुको उक्त कृतिलाई सार्वजनिक गर्दै अन्तर्क्रिया गरिएको छ।

विभिन्न स्थान भ्रमणबारे डेढ दर्जन संस्मरण सँगालिएको यस नियात्रा संस्मरणलाई सार्वजनिक गर्दै वरिष्ठ साहित्यकार गणेश रसिक, कवि श्रवण मुकारुङ, नियात्राकार गीता रेग्मी तथा लेखक स्वयं अन्तर्क्रियामा सहभागी थिए। संस्मरण लेखनमा छुट्टै पहिचान बनाएका साहित्यकार गणेश रसिकले जीवनमा घटित सबै संस्मरण शब्दमा उन्न गाह्रो हुने, तर लेखकले इमान्दार प्रयत्न भने गरिरहने अनुभव बताए। साहित्यकार रसिकले जानुकृत ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’ कृतिभित्रका कतिपय संस्मरण पढ्दापढ्दै पढ्न नसकेर आफू बीचमै रोकिनुपरेकोसमेत बताए। लिम्बूका संस्मरणमा भेटिएका मानवीय संवेदनाका अति सूक्ष्म र गहिरा कुराले पढ्दापढ्दै आफूलाई भावुक बनाएको रसिकले बताए।

अन्तर्क्रियामा सहभागी कवि श्रवण मुकारुङले उक्त नियात्रा संस्मरण पढ्दा एक विराट् क्यानभासको सिनेमा हेरेजस्तो अनुभूति भएको बताए। मुकारुङले स्थानीय मिथहरूलाई सापेक्ष रूपमा वर्णन गरिएको, भाषा अत्यन्त काव्यिक रहेको, जीवनका मसिनामसिना घटनालाई सुक्तिमय शैलीमा दार्शनिक उचाइका साथ टिपिएको भन्दै यो संस्मरणसंग्रह पाठकबाट अत्यन्त रुचाइने मात्र नभएर नेपालको जुनै पनि पुरस्कार र सम्मानको हकदारसमेत रहने दाबी गरे।

कृतिकार लिम्बूले संसारका कुनै पनि महिला लेखकलाई पुरुष लेखकको दाँजोमा लेख्नलाई सहज नभएको बताइन्। लिम्बूले बेलायतमा आफू १२ घन्टा काम गर्नुपर्दा कहिले शौचालयमा, कहिले ट्रेन यात्रामा त कहिले किचनमा नेप्किन पेपरमा लेखेर फुर्सदमा साफी गरेका संस्मरणहरू रहेको स्पष्ट पारिन्।

इन्डिगो बुक्सले प्रकाशन गरेको यो संग्रह लेखक जानुको चौथो कृति हो। उनका यसअघि गीत, कविता र कथासंग्रह प्रकाशित भइसकेका छन्।