१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o७:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

निगम र व्यवसायीबीच सहमति, अब पट्रोलियम सहज हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:२५:oo

आइतबारदेखि पेट्रोलिय सहज हुने भएको छ । देशैभर पेट्रोलियम पदार्थ ढुवानी नहुँदा दुई दिनयता पेट्रोलपम्पहरूमा लामो लाइन लाग्नुपरेको थियो । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समिति र नेपाल आयल निगमका पदाधिकारीबीच सहमति भएपछि व्यवसायीहरूले आफ्नो आन्दोलन फिर्ता लिने भएका हुन् ।

व्यवसायीहरूले ढुवानी भाडा बढाउने र बिक्री कमिसन बढाउनुपर्ने माग राख्दै डिपोबाट पेट्रोलियम लोड गर्न दुई दिनदेखि बन्द गरेका थिए । जसले गर्दा पेट्रोलपम्पहरूमा शुक्रबार र शनिबार इन्धनका लागि सवारीसाधनको लामो लाइन लागेको थियो । समितिमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ आबद्ध रहेका छन् ।

पेट्रोलियम विक्रेता कमिसन र ढुवानी भाडा समायोजनसम्बन्धी माग सात दिनभित्र र इन्धनको कारोबारसम्बन्धी माग १५ जेठसम्म सम्बोधन गरिने सहमति भएको पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले जानकारी दिए । ‘हाम्रो मागलाई सम्बोधन गर्ने लिखित सहमति भएको छ । सोहीअनुसार सबै आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएका छौँ,’ प्रधानले भने । त्यस्तै, व्यवसायीहरूको मागलाई सम्बोधन गर्ने काम भएको र आइतबारबाट सहज आपूर्ति हुने निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले बताए । ‘उहाँहरूको मागलाई सम्बोधन गरेका छौँ, सहज वातावरण हुनेछ,’ थानीले भने ।

ad
ad