मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ चैत १९ शनिबार १५:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अर्थतन्त्रमा ऊर्जा क्षेत्रको योगदानमा वृद्धि गर्नुपर्छ : राष्ट्रपति भण्डारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ चैत १९ शनिबार १५:२६:००

राष्ट्रपति विद्यादेवी भण्डारीले विद्युत उत्पादन, खपत र निर्यात व्यवस्थापनलाई प्रभावकारी बनाएर अर्थतन्त्रमा अर्थतन्त्रमा ऊर्जा क्षेत्रको योगदानमा वृद्धि गर्नुपर्छ : राष्ट्रपति भण्डारीर्जा क्षेत्रको योगदानमा वृद्धि गर्नुपर्ने बताएकी छिन् । अर्थतन्त्रमा ऊर्जा क्षेत्रको योगदान वृद्धि गरी ‘समृद्ध नेपाल : सुःखी  नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गर्नुपर्ने उनको भनाइ छ । 

शनिबार काठमाडौंको  भृकुटीमण्डवमा आयोजित हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आयातीत बिजुलीका कारण केही वर्षअघि मात्रै नेपालले लोडसेडिङबाट मुक्ति पाएको धारणा राखिन् ।  ‘विद्युत् उत्पादन, खपत र निर्यात व्यवस्थापनलाई प्रभावकारी बनाउँदै अर्थतन्त्रमा ऊर्जा क्षेत्रको योगदान वृद्धि गरी समृद्ध नेपालः सुःखी नेपालीको राष्ट्रिय संकल्प पूरा गर्नु हाम्रो प्राथमिकता हो’, राष्ट्रपति भण्डारीले भनिन् । एक शताब्दीअघि नै उत्पादन सुरु गरी नेपालले जलविद्युतका क्षेत्रमा सम्भावनाको ढोका खोलेको विषयमा प्रायः चर्चा हुँदै आएको उनले बताइन् ।