१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १७:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गर्मी छल्न राप्ती नदीमा र्‍याफ्टिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२२:oo

राप्ती नदीमा शुक्रबारदेखि र्‍याफ्टिङ सुरु भएको छ । लुम्बिनी प्रदेशका पर्यटन, सहरी तथा ग्रामीण विकासमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गरेपछि औपचारिक रूपमा र्‍याफ्टिङ सुरु भएको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले बताए । उनले राप्तीसोनारी गाउँपालिका–१, कुसुम बैरियास्थित राप्ती नदीदेखि अगैयासम्म र्‍याफ्टिङ गर्न सकिने बताए । ‘कुसुम बैरियादेखि अगैयासम्म करिब २७ किलोमिटर दुरीमा र्‍याफ्टिङ गर्न सकिन्छ,’ उनले भने ।

राप्तीसोनारी गाउँपालिकासँगको सहकार्यमा पर्यटन डिभिजन कार्यालय बाँकेले र्‍याफ्टिङ सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष थारूले बताए। र्‍याफ्टिङ उद्घाटन कार्यक्रममा मन्त्री चौधरीले राप्ती नदीमा सुरु भएको र्‍याफ्टिङले पश्चिम क्षेत्रको पर्यटन प्रवर्धनमा टेवा पुग्ने बताए । उनले भारतीय नागरिकलाई समेत र्‍याफ्टिङमा आकर्षित गर्न सकिने औँल्याए । ‘गर्मीबाट आजित भएकाहरू र्‍याफ्टिङ गरेर शीतलतासँगै आनन्द लिनेछन्,’ मन्त्री चौधरीले भने, ‘र्‍याफ्टिङले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गरी आय आर्जन वृद्धि गर्न सहयोग गर्नेछ ।’ 

र्‍याफ्टिङ उद्घाटनमा मन्त्री चौधरी, राप्तीसोनारी गाउँपालिका अध्यक्ष थारू, उपाध्यक्ष धनीकुमारी खत्री, पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख माधव ज्ञवाली, प्रदेश योजना आयोगका सदस्य डा. दामोदर भुसाल, पर्यटनकर्मी गेहेन्द्रकुमार खड्का, स्थानीयलगायतले र्याफ्टिङ गरेका थिए ।