मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 14 July, 2025
नयाँ पत्रिका न्यूयोर्क
Invalid date format १२:३४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममा : राष्ट्रसंघ प्रमुख

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, न्यूयोर्क
नयाँ पत्रिका
Invalid date format १२:३४:oo

अफगानिस्तानको मानवीय अवस्थालाई मूल्यांकन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममा रहेको बताएका छन्। गुटेर्रेसले ट्विटरमा लेखेका छन्, ‘अफगानिस्तानको अर्थतन्त्र ध्वस्त भएको र संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरूले जीवन बचाउने सहायता प्रदान गर्न जारी राख्नका लागि दाताहरूलाई सहयोगका निम्ति आह्वान गर्नुभएको छ।’

विगतका महिनाहरूमा अफगानिस्तानमा मानवीय अवस्था डरलाग्दो रूपमा बिग्रिएको छ। ९० लाख मानिस भोकमरीको जोखिममा छन्। अर्थव्यवस्था ध्वस्त भएको छ। गत वर्ष अगस्टमा अफगान सरकारको पतनपछि तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानमा मानव अधिकारको अवस्था नाजुक भएको छ।

देशमा द्वन्द्व समाप्त भए पनि मानव अधिकारको गम्भीर उल्लंघन जारी छ। तालिबानले गैरन्यायिक मृत्युदण्ड, जबर्जस्ती बेपत्ता, यातना, स्वेच्छाचारी नजरबन्द, महिला र केटीहरूको अधिकारको ठूलो रोलब्याक, सेन्सरसिप र मिडियाविरुद्ध आक्रमणहरूसहित मानव अधिकार उल्लंघनहरू जारी राखेको छ।

यसबाहेक अफगानिस्तानका मानिसले पनि अभूतपूर्व मानवीय संकटको सामना गरिरहेका छन्। जुन अन्तर्राष्ट्रिय समुदाय, विशेषगरी अमेरिकाले अफगानिस्तानलाई सहायता कोष र विश्वव्यापी वित्तीय प्रणालीमा पहुँच गर्नबाट रोकेको निर्णय यथावत् छ।  रासस/एएनआई