१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १३:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

जीतपुरसिमरा गोल्डकप : उपाधिनजिक एनआरटी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:३o:oo

न्युरोड टिम (एनआरटी) जीतपुरसिमरा गोल्डकपको उपाधिनजिक पुगेको छ। बुधबार भएको पहिलो सेमिफाइनलमा आयोजक नवजनजागृति युवा क्लब, सिमरालाई ३–२ गोल अन्तरले पाखा लगाउँदै एनआरटी फाइनल प्रवेश गरेको हो। एनआरटीलाई उपाधि होडमा उभ्याउने क्रममा स्टेफन समिरले दुई र मेसुके ओमाईले एक गोल गरे। आयोजकका लागि आयुश घलान र एलन थापाले समान एक–एक गोल गरे।  

खेलको ३१औँ मिनेटमा एनआरटीले आयोजकविरुद्ध अग्रता लिएको थियो। रञ्जन विष्टले मिलाएको पासलाई स्टेफन समिरले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। उनको गोलसँगै एनआरटीले पहिलो हाफ आफ्नो पक्षमा पारेको थियो।

सुरुवाती समयमा निकै राम्रो प्रदर्शन गरेको आयोजकले गोल खाएपछि लय गुमायो। एनआरटीको गोलपछि दबाबमा परेको आयोजकका खेलाडी खेलमा फर्कने कोसिस गरे पनि त्यसका लागि दोस्राे हाफ नै कुर्नुपर्‍याे।

खेलमा १–० ले पछि परेपछि दबाबमा देखिएको आयोजक दोस्रो हाफको सुरुवातदेखि लय समात्न प्रयत्नशील देखिन्थ्यो। आयोजकका प्रशिक्षक सोनु क्षेत्रीले एनआरटीविरुद्ध रणनीति परिवर्तन गरी आफ्ना खेलाडीलाई निर्देश गरिरहेका थिए। बलियो एनआरटीविरुद्ध आयोजकले खेलको ६५औँ मिनेटमा बराबरी गोल फर्कायो। मोहित गुरुङको क्रस बललाई सदुपयोग गर्दै आयुश घलानले हेडमार्फत खेल १–१ को स्थितिमा पुर्‍याएका थिए।

आक्रामक आयोजकलाई रोक्न सफल एनआरटीले खेल सकिन पाँच मिनेट बाँकी रहँदा दोस्राे गोल गरेको थियो। आयोजकको रक्षापंक्ति अल्मलिएको फाइदा उठाउँदै खेलको ८५औँ मिनेटमा मेसुकेले गोल गरे। लगत्तै खेलको ८७औँ मिनेटमा स्टेफन समिरले टिमका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३–१ को स्थितिमा पुर्‍याए। अन्तिम समयमा लगातार गोल खान पुगेपछि आयोजक टोली स्तब्ध देखियो। खेलको इन्जुरी समयमा एलन थापाले गोल गरे पनि टिमको हार टार्न सकेनन्। डिबक्स बाहिरबाट एलनले प्रहार गरेको बलले सीधै जाली चुमेको थियो।

इन्जुरी समयमा आयोजक १० खेलाडीमा सीमित बन्न पुगेको थियो। आयोजकबाट खेलेका स्टार खेलाडी डोना थापा इन्जुरी समयमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। वादविवाद गरेको भन्दै रेफ्री नविन्द्र महर्जनले डोनालाई रातो कार्ड देखाएका हुन्। एनआरटीको जितमा महत्वपूर्ण दुई गोल गरेका स्टेफन समिर खेलको म्यान अफ दी म्याच घोषित भए। उनले पाँच हजार नगद हात पारे।

ad
ad