१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार o८:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

शनिबार नर्भिकमा दुई टिमले निःशुल्क ओपिडी चलाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o८:२७:oo

 नर्भिक अस्पतालले सर्वसाधारणको मागलाई सम्बोधन गर्दै शनिबार दुई विशेषज्ञसहितको टिमले निःशुल्क ओपिडी सञ्चालन गर्ने भएको छ । अस्पतालले लामो समयदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्येक शनिबार निःशुल्क ओपिडी अभियान सञ्चालन गर्दै आएकोमा त्यसैलाई निरन्तरता दिँदै विशेषज्ञसहितको ओपिडी सञ्चालन गर्न लागेको हो ।  

शनिबारको ओपिडी चार घन्टा सञ्चालन हुने अस्पतालले जनाएको छ । जसअनुसार दुई युरोलोजी टिमले निःशुल्क ओपिडी तथा परामर्श सेवा सञ्चालन गर्ने जनाइएको छ । बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म युरोलोजी विशेषज्ञद्वय प्रा.डा. रविनजोशी र डा. ईशान मल्ल नेतृत्वको टिमले निःशुल्क ओपिडी सेवा दिने जनाइएको छ । त्यस्तै, बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म युरोलोजी विशेषज्ञको अर्को टिमले पनि निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने अस्पतालले जनाएको छ । 

युरो सर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त विष्ट र डा. सुनील श्रेष्ठ नेतृत्वको अर्को टिमले प्रोस्टेट ग्रन्थीसम्बन्धी सबै खालका समस्या भएका बिरामीलाई लक्षित गरी निःशुल्क ओपिडी तथा परामर्श सेवा सञ्चालन गर्ने जनाइएको छ । मिर्गाैला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अन्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरूले यो ओपिडीबाट लाभ लिन सक्ने अस्पतालको भनाइ छ । निःशुल्क ओपिडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामीहरूलाई शल्यक्रिया शुल्कमा छुटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ । 

मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरूका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रियासमेत यो टिमले गर्नेछ । शल्यक्रिया शुल्कमा विशेष सहुलियतको अफरसमेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ । 
 

ad
ad