१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o७:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

चिकित्सा शिक्षा स्नातक तह परीक्षा शुक्रबारबाट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:२१:oo

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत परीक्षाको तयारी पूरा भएको जनाएको छ । आगामी शुक्रबार, आइतबार र सोमबार संचालन हुने परीक्षामा एक सय ११ परीक्षा केन्द्रबाट ३४ हजार ६ सय ६५ परीक्षार्थी सहभागी हुँदै छन् ।

पहिलो दिनको परीक्षामा १९ हजार पाँच सय ८, दोस्रो दिन १२ हजार दुई सय ६२ र तेस्रो दिन दुई हजार आठ सय ९५ परीक्षार्थी सहभागी हुने आयोगका सदस्यसचिव डा. भोजराज काफ्लेले जानकारी दिए । आयोगले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको भन्दै पूर्ण मर्यादित रूपमा परीक्षा संचालन हुने जनाएको छ ।

साथै, परीक्षाबारे विगतमाजस्तो गलत, भ्रामक प्रचारमा नपर्न परीक्षार्थीहरूलाई अनुरोधसमेत गरेको छ । विगतमा सञ्चालन भएका परीक्षाहरूमा कतिपय अनधिकृत व्यक्ति र क्षेत्रबाट अस्वभाविक र परीक्षाको मर्यादाविपरीत प्रचारवासी गरिएको भन्दै आयोगले छानबिन समिति गठन गरी त्यस्तो घटनाको छानबिन गरिएको जनाएको छ । 

ad
ad