१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १२:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

को हुन् नेपालका लागि अमेरिकी राजदूतमा प्रस्तावित थम्पसन ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १२:५o:oo

अमेरिकाका राष्ट्रपति जोसेफ वाइडेनले नेपालका लागि राजदूतमा डिन आर थम्पसनलाई प्रस्ताव गरेका छन्। ह्वाइटहाउसले जारी गरेको विज्ञप्तिमा नेपालका लागि राजदूतमा थम्पसनलाई नियुक्त गर्न राष्ट्रपतिले प्रस्ताव गरेको उल्लेख गरिएको छ।     

लामो समय परराष्ट्र सेवामा कार्यरत थम्पसन सन् २०२१ को सेप्टेम्बर १५ देखि अमेरिकाको परराष्ट्र सेवामा दक्षिण तथा मध्य एसियाका लागि मुख्य सहायकमन्त्रीको भूमिकामा कार्यरत थिए। उनको नियुक्तिलाई सिनेटले अनुमोदन गरेपछि नेपालका लागि राजदूत नियुक्त हुने व्यवस्था रहेको छ।     
     
परराष्ट्र सेवामा लामो समय काम गरेका थम्पसन राजदूतको भूमिकामा नियुक्त भएको पहिलोपटक हो। यसअगाडि उनीसँग मलेसियाको राजधानी क्वालालम्पुरमा चिफ अफ मिसन भएर काम गरेको अनुभव रहेको छ। 

यसअघि रोमानियाका लागि उपनियोग प्रमुख भएर काम गरेका थम्पसनले विभिन्न पदमा रहेर भारत, श्रीलंकालगायत देशमा पनि बसेको स्टेट डिपार्टमेन्टमा रहेको उनको व्यक्तिगत विवरणमा उल्लेख गरिएको छ।     
     
अमेरिकी विदेशमन्त्रीहरूलाई सीधा सहयोग, २४ सै घन्टा खुला हुने अपरेसन सेन्टरलगायतका विभिन्न इकाइमा बसेर देश सेवा गरेका थम्पसनले परराष्ट्र सेवाभन्दा अघि रक्षा मन्त्रालयमातहत रहेर काम गरेका थिए। 
 

युनिभर्सिटी अफ मेरिल्यान्डको पब्लिक अफेयर्सबाट सार्वजनिक व्यवस्थापनमा स्नातकोत्तर गरेका उनले नेसनल सेक्युरिटी स्टडीमा स्नातकोत्तर गरेका छन्। रासस 
 

ad
ad