१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १२ शनिबार
  • Saturday, 25 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १२ शनिबार o९:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
पालिका अपडेट प्रिन्ट संस्करण

४० लाख डोज ‘सिनोभ्याक’ नेपाल भित्रियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १२ शनिबार o९:o७:oo

अध्ययन प्रतिवेदनअनुसार सिनोभ्याक खोप अस्पताल भर्नादर घटाउन ६४.६ प्रतिशत र गम्भीर बिरामी हुनबाट रोक्न ६९ प्रतिशत प्रभावकारी देखिएको छ

चीन सरकारको सहयोगमा कोभिडविरुद्धको ४० लाख ‘सिनोभ्याक’ खोप नेपाल आएको छ । स्वास्थ्य सेवा विभागका अनुसार शनिबार ३५ लाख र सोमबार पाँच लाख गरी ४० लाख डोज नेपाल ल्याइएको हो । यसअघिसम्म चीनबाट भेरोसेल खोप मात्रै ल्याउने गरेकोमा पहिलोपटक ‘सिनोभ्याक’ खोप ल्याइएको हो । 

विश्वका ७० भन्दा बढी देशमा मान्यता पाइसकेको सिनोभ्याक खोप नेपालमा भने पहिलोपटक प्रयोगमा ल्याउन लागिएको हो । सिनोभ्याक कम्पनीबाट उत्पादित यो खोपलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गत वर्ष जुनमा आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ । तर भारतले भने अहिलेसम्म सिनोभ्याक खोप प्रयोग गर्न अनुमति दिएको छैन । 

सिनोभ्याक खोप हालसम्म १८ वर्षभन्दा माथि उमेर समूहमा मात्रै प्रयोगमा ल्याउन मिल्ने बताइएको छ । यसको पूर्ण डोजका लागि दुई डोज प्रयोगमा आइरहेको कम्पनीले जनाएको छ । दुई साताअघि प्रकाशित एक अध्ययनले सिनोभ्याक खोप बालबालिकामा ३८ प्रतिशत प्रभावकारी देखिएको उल्लेख गरेको थियो । तर, हालसम्म प्रयोगका लागि मान्यता पाएको छैन । 
नेचर स्क्वायर नामक जर्नलमा प्रकाशित अध्ययनले डेल्टा भेरियन्ट फैलिएको समयमा बालबालिकामा ७४.५ प्रतिशत प्रभावकारी देखिए पनि ओमिक्रोन फैलिएपछि प्रभावकारिता घटेको उल्लेख गरेको छ । सिनोभ्याक खोप तीनदेखि पाँच वर्ष र ६ देखि १६ वर्ष उमेर समूहमा छुट्टाछुट्टै अध्ययन भइरहेको उत्पादन कम्पनीले जनाएको छ । 

हाल चीनमा ओमिक्रोनका कारण संक्रमण पुनः उकालो लागेको छ । संक्रमणदरका बीच बुस्टर डोजको खपत अत्यधिक भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । पछिल्ला अध्ययनले सिनोभ्याक खोप अस्पताल भर्नादर घटाउन ६४.६ प्रतिशत र गम्भीर बिरामी हुनबाट रोक्न ६९ प्रतिशत प्रभावकारी देखिएको जनाइएको छ । 

सिनोभ्याकको ४० लाख डोज भित्रिएसँगै नेपालमा उपलब्ध खोपको डोज संख्या पाँच करोड १८ लाख ८२ हजार आठ सय पुगेको छ । जसमध्ये हालसम्म तीन करोड ९८ लाख ७५ हजार दुई सय ११ मात्रा खोप प्रयोगमा आइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म लक्षित बालबालिकामा ७१ प्रतिशतले पूर्ण खोप लगाएका छन् भने १८ वर्षभन्दा माथि उमेर समूहमा ८२.१ प्रतिशतले खोपको पूर्ण मात्रा लगाइसकेका छन् । 

ad
ad