मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ चैत १३ आइतबार
  • Wednesday, 02 September, 2026
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२o७८ चैत १३ आइतबार १४:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई महिनमा करिब १० किलो सुन बरामद 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ चैत १३ आइतबार १४:१८:oo

पछिल्ला दुई महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रूपमा ल्याउँदै गरिएको नाै किलो आठ सय ४७ ग्राम सुन प्रहरीले बरामद गरेको छ। विमानस्थल कार्यालयले चेकजाँचका क्रममा विभिन्न समयमा उक्त सुन बरामद गरेको हो।बरामद गरिएको सुनलाई नेपाली रुपैयाँमा परिणत गर्दा आठ करोड पाँच लाख ४९ हजार रुपैयाँ पर्न आउँछ। 

विमानस्थल प्रहरी कार्यालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारी नियन्त्रणमा आएसँगै विदेशबाट नेपालमा अवैध रूपमा सुन ल्याउनेको संख्या बढेको बताएको छ। विमानस्थलमार्ग हुँदै लुकाएर ल्याएको सुन चेकजाँचका क्रममा बरामद गरिएको विमानस्थल प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार पछिल्लो समय नेपालमा सुन ‘सप्लाई’  गर्ने गिरोह नै सक्रिय छ। प्रहरीलाई झुक्याउन अनौठो तरिकाले सुन लुकाएरसमेत ल्याउने गरिएको ढकालले बताए। ‘कोरोनाका कारण विमानस्थलमा चहलपहल सुस्ताएको थियो, अहिले विमानस्थलको चहलपहल हेर्दा पुरानै अवस्थामा फर्किएको छ, तर अवैध रूपमा नेपालमा सुनलगायतका सामान भित्र्याउने क्रम पनि बढेको छ,’ उनले भने । 

एसएसपी ढकालका अनुसार भारतीय, बंगलादेशी र नेपाली नागरिकहरूले ‘सेटिङ’मा नेपालमा अवैध रूपमा सुन ल्याउने गरेको भेटिएको छ। अवैध रूपमा नेपालमा सुन कारोबार गरेको आरोपमा प्रहरीले दुई महिनामा १४ जनालाई पक्राउसमेत गरेको छ। बरामद सुन र पक्राउ परेका व्यक्ति प्रहरीले विमानस्थल भन्सार कार्यालयको जिम्मा लगाएको छ।