१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format o९:१८:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

प्रहरीको सार्वजनिक सुनुवाइ, लागुऔषध नियन्त्रणको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:१८:oo

सिराहाको लहानस्थित इलाका प्रहरी कार्यालयद्वारा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले बढ्दो लागुऔषध दुव्र्यसनले युवापुस्ता बर्बाद हुँदै गइरहेकाले प्रभावकारी नियन्त्रणको माग गरेका छन् । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लहान नगरपालिकाको सभाकक्षमा शनिबार आयोजित सुनुवाइ कार्यक्रममा सहभागीले लागुऔषध दुव्र्यसनमा फसेका युवालक्षित विभिन्न सचेतनामूलक कार्यक्रम लागू गर्न माग गरे । ‘त्यो काम प्रहरी एक्लैले सम्भव हुँदैन, विनाबर्दीको प्रहरीका रूपमा रहेका हरेक नागरिकले त्यसका लागि आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्छ,’ उनीहरूले भने । 

प्रहरीको कार्यालयमा सर्वसाधारणको सहज पहुँचका लागि कुनै अवरोध नरहेको भनिए पनि व्यवहारमा त्यस्तो नरहेकाले त्यसको नाजायज फाइदा बिचौलियाले उठाइरहेको लहान नगरकी उपप्रमुख सरियारकुमारी चौधरीले बताइन् । प्रहरीले आफ्नो परिवार, नातासम्बन्ध, व्यक्तिगत गाह्रोसाह्रो झेल्दै जनताकै लागि काम गरिरहेका हुन्छन्,’ उपप्रमुख चौधरीले भनिन्, ‘अप्ठ्यारोमा परेका पीडित एक्लै पनि प्रहरी कार्यालयसम्म पुग्ने वातावरण बनाउन प्रहरीको पनि पीडितमैत्री व्यवहार हुनुपर्छ ।’

सार्वजनिक सुनुवाइ कार्यक्रममा लहान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डा. तपनकुमार दाहालले दक्षता, अनुभव र ज्ञानले पनि अपराध नियन्त्रण गर्न भूमिका खेल्ने भन्दै उनले कमजोरी भए औँल्याउन आग्रह गरे । आफूमातहत करिब तीन सय प्रहरी भए पनि दिनरात आफूसमेत जुनियर प्रहरीहरूसँगै फिल्डमा खटिने गरेकाले करिब १५ महिनाको कार्यकालमा लहान क्षेत्रमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, अपराधीलाई कानुनी कारबाही गराउन ९० प्रतिशतभन्दा बढी सफल भएको प्रहरी नायब उपरीक्षक डा. दाहालले दाबी गरे ।