मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत ११ शनिबार
  • Saturday, 25 March, 2023
२०७८ चैत १२ शनिबार १५:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आगामी चुनावमा केपी पार्टी र प्रवृत्तिलाई धुलो चटाउँछौं : अध्यक्ष नेपाल

Read Time : < 1 मिनेट
२०७८ चैत १२ शनिबार १५:४८:००

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले आगामी निर्वाचनमा केपी पार्टीलाई धुलो चटाउने बताएका छन्। एकीकृत समाजवादी गुल्मीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन गरेर सबै पालिकाबाट केपी पार्टी र प्रवृत्तिलाई धुलो चटाउने गरी केन्द्रीय तहमा काम भइरहेको बताए।

कहिल्यै, कसैले पराजित गर्न नसक्ने घमन्ड बोकेको ओली र ओली प्रवृति अदालत, संसद् र प्रदेशबाट अन्त्य हुँदै आएको भन्दै उनले अब तीनै तहका चुनावको माध्यमबाट नामेट बनाउनुपर्नेमा जोड दिए। गुल्मी जिल्लास्तरीय सत्तागठबन्धका नेतासँग पनि आफ्नो छलफल भएकाले मिलेर एमाले र केपी प्रवृत्तिका विरुद्ध लड्न उनले सबै कार्यकर्तालाई निर्देशन दिए।

अध्यक्ष नेपालले केपीले पार्टी, विधि, पद्धतिसँगै राष्ट्र र राष्ट्रियता बिर्सेर गुटका आधारमा विदेशी शक्तिसँग साँठगाँठ गरेको आरोप लगाउँदै आफूहरूले पार्टीभित्रबाट चुनौतीपूर्ण विद्रोह गरेको जिकिर गरे ।