१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार o८:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

भरतपुर अन्तर्राष्ट्रियस्तरको सहर बन्दै छ : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o८:o८:oo

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाले देशभरि बेग्लै पहिचान बनाएको बताएका छन् । शुक्रबार भरतपुर महानगरपालिकाको प्रशासकीय भवन शिलान्यास गर्दै प्रचण्डले विकास प्रक्रियाको तीव्रताका कारण आमनेपालीले विशिष्ट महानगरका रूपमा भरतपुरलाई हेरेको बताएका हुन् ।

‘पूर्वाधार विकासको दृष्टिकोणले भरतपुर अन्तर्राष्ट्रियस्तरको सहर भएको छ । यहाँ सडकलगायत निर्माणाधीन अवस्थामा रहेका भौतिक पूर्वधारले त्यही भन्छ,’ उनले भने, ‘शिक्षा, स्वास्थ्य र खेलकुदको हबका रूपमा चितवनको विकास हुँदै छ । विदेशीले समेत यति छोटो अवधिमा समेत विकासले गति लिन सक्ने रहेछ भनेर प्रशंसा गर्न थालेका छन् ।’ उनले पाँच अर्बको लगानीमा नारायणी तटबन्ध निर्माणका लागि बोलपत्र आह्वान भइसकेको बताए । यस्तै, चक्रपथ, सिटी हल निर्माणलगायत काम पनि अघि बढिरहेको उनको भनाइ थियो । 

उक्त आधुनिक भवन बेसमेन्टसहित ६ तले हुनेछ । भवनमा दुईवटा लिफ्ट, ज्येष्ठ नागरिक प्रतीक्षा कक्ष, पुस्तकालयसहित अपांगमैत्री संरचना हुने भरतपुर महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन् । साढे दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो भवन निर्माणमा ९४ करोड खर्च हुनेछ । सो भवन संघीय सरकारको अर्थ मन्त्रालय, बागमती प्रदेश सरकार र महानगरको संयुक्त लगानीमा निर्माण हुन लागेको हो ।

गृहजिल्लामा सक्रिय प्रचण्ड
स्थानीय तहको चुनाव नजिकिँदै गर्दा पूर्वप्रधानमन्त्री प्रचण्डले गृहजिल्ला चितवनमा सक्रियता बढाएका छन् । बिहीबार चितवन पुगेका उनले सडक, पुल र नमुना बस्ती उद्घाटन गरे । उनले कुसुमखोलाबाट विस्थापित भई माडी– ९ राईडाँडामा बसोवास गरिरहेका चेपाङहरूको बस्तीका रूपमा परिचित कुसुमखोला नमुना चेपाङ बस्ती, नारायणगढ–माडी–ठोरी हुलाकी सडकअन्तर्गत माडी नगरपालिका ७ र ८ जोड्ने परुई खोला पुलसँगै माडी– २ चिरौली चोकदेखि माडी– ४ शीतलपुरस्थित एकता स्तम्भसम्म पुग्ने चिरौली–शीतलपुर सडकको औपचारिक उद्घाटन गरेका थिए । 

ad
ad