मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ चैत १० बिहीबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत १० बिहीबार १६:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महिला हिंसा तथा यौनजन्य अपराध न्यूनीकरणका लागि छुट्टै संयन्त्र आवश्यक : मन्त्री रेग्मी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत १० बिहीबार १६:५९:oo

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलामाथि हुने यौनजन्य हिंसा अन्त्यका लागि छुट्टै संयन्त्र आवश्यक भएको बताएकी छिन्। काठमाडौंमा आयोजित ‘यौनजन्य हिंसासम्बन्धी नीतिगत छलफल’ कार्यक्रममा  मन्त्री रेग्मीले महिलामाथि हुने बलात्कार, अपराध तथा यौनजन्य हिंसा न्यूनीकरण गर्न महिला आयोगको मातहत रहने गरी छुट्टै संयन्त्र बनाउन आफूले भूमिका खेल्ने बताएकी हुन्।

‘हत्या, हिंसा र बलात्कार धेरै भयो, असमान, विभेदपूर्ण कानुनहरू छन्,’ उनले भनिन्, ‘महिलामैत्री कानुन निर्माणमा सघाउने गरी औपचारिक संयन्त्र बनाऔँ ।’ मन्त्री रेग्मीले महिला र यौनजन्य हिंसा अन्त्यका लागि पहल गर्न उच्च ओहोदामा रहेका महिलाले नै सहयोग नगरेको बताइन्। ‘महिलाको मुद्दामा छलफल गर्न र औपचारिक कार्यक्रमका लागि मलाई राष्ट्रपति विद्यादेवी भण्डारीले समय दिनुभएन। उच्च ओहोदामा पुगेका महिलाले पनि महिलाका मुद्दालाई खास महत्त्व नदिँदा महिलाले न्यायको अनुभूत गर्न सकेका छैनन्,’ उनले भनिन्। 

महिला र यौनजन्य हिंसा अन्त्यका लागि महिलासम्बद्ध निकायसँग उनले सुझावसमेत माग गरेकी थिइन्। मन्त्रालयको बजेट निकै कम भएकाले पनि महिला प्राथमिकताको कामहरू भने जति गर्न नसकेको मन्त्री रेग्मीको गुनासो छ।