१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १६:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

तत्काल कुनै क्षेत्रमा लोडसेडिङ हुँदैन : कुलमान घिसिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १६:४२:oo

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तत्काल कुनै पनि क्षेत्रमा लोडसेडिङ नहुने बताएका छन्। बिहीबार नेपाल विद्युत् प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै निर्देशक घिसिङले भारतबाट आयात हुने विद्युतमा समस्या भएकाले मंगलबारदेखि विद्युत् कटौती गरिएको, तर लोडसेडिङ नै हुने अवस्था भने नभएको बताएका हुन्।

उनले पछिल्लो समय भारतमा बिजुलीको मूल्य अत्यधिक मात्रामा अकासिएकाले मंगलबारदेखि प्राधिकरणले विद्युत् आयात नगरेकाले उद्योगमा विद्युत् कटौती गर्नुपरेको बताए। उनले प्राधिकरणले आज बेलुका १२ बजेदेखि महँगो मूल्यमा आयात गरेर औद्योगिक क्षेत्रमा बिजुली दिने तयारी गरेको बताए।

प्राधिकरणले प्रतियुनिट नेपाली ३८ रुपैयाँ महँगो दरमा भारतबाट बिजुली किनेर औद्योगिक क्षेत्रमा आपूर्ति गर्न लागेको घिसिङको भनाइ छ। घिसिङले विश्वभर नै विद्युत् अभावको समस्या बढेकाले नेपालमा समेत त्यसको असर परेको हुँदा छोटो समय मात्रै नेपालमा प्रभाव देखिने बताए।

‘अहिलेको विद्युत् अभाव नेपाल मात्रै होइन विश्वमा नै रहेको छ। विश्वमा नै विद्युत् अभाव किन भयो भने भारतमा ७० प्रतिशत कोलवेस जेनेरेसन हो। भारतले आयात गरेको कोलबाट मात्रै नेपालले आयात गर्न पाइन्छ भनेर भारतको नीतिमा रहेको छ। भारतमा इन्पोटेट कोलको धेरै ठूलो सटेज भयो। अहिले अन्तर्राष्ट्रिय रूपमा रुस र युक्रेनबीचको तनावदेखि अन्य धेरै समस्या परेको हुनाले सबै मेटेरियलमा र कोलमा समस्या छ,’ घिसिङले भने।

ad
ad