१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o८:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मेगालाई दुई अन्तर्राष्ट्रिय अवार्ड

खुन्जेलीले जितिन् ‘वुमन बैंकिङ सिइओ अफ दी इयर अवार्ड’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:३४:oo

मेगा बैंक नेपाल लिमिटेडले एकैसाथ दुई अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । बैंकले ‘बेस्ट सिएसआर कमर्सियल बैंक नेपाल अवार्ड २०२२’ र मेगा बैंककी सिइओ अनुपमा खुन्जेलीले ‘वुमन बैंकिङ सिइओ अफ दी एयर अवार्ड २०२२’ जितेका हुन् । 

सिंगापुरको वल्र्ड बिजनेस आउटलुकका अनुसार, सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत नेपालको विभिन्न सामाजिक क्षेत्रमा मेगा बैंकले उत्कृष्ट योगदान गरेबापत ‘बेस्ट सिएसआर कमर्सियल बैंक नेपाल अवार्ड २०२२’ प्रदान गरिएको हो । बैंकले गत आर्थिक वर्ष एक करोड ३५ लाख रुपैयाँ कोभिड रोकथाम तथा उपचारका निमित्त राष्ट्रिय तथा प्रादेशिक कोषमा उपलब्ध गराएको थियो । 

यस वर्ष संघीय, प्रादेशिक वा पालिकास्तरीय अस्पतालहरूको आकस्मिक कक्ष तथा बालकक्षको सुधार उपचारार्थ खर्च गर्ने नीति लिएको बैंकले जनाएको छ । शिक्षामा बालिकाहरूको पहुँचलाई स्थापित गर्दै महिला सशक्तीकरणमा टेवा पुर्‍याउन र मेगा बैंकमै रोजगारीको अवसर सिर्जना गर्न बैंकले ‘एक शाखा दुई छोरी’ कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयहरूमा कक्षा एक देखि १२ सम्म अध्ययनरत तीन सय ९० छात्रालाई वार्षिक रूपमा ४३ लाख रकमबराबरको छात्रवृत्ति उपलब्ध गराएको जनाइएको छ ।  

त्यस्तै, बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले ‘वुमन बैंकिङ सिइओ अफ दी इयर अवार्ड, २०२२’ प्राप्त गरेकी छिन् । यो अवार्ड नेपालको ‘क’ वर्गको वाणिज्य बैंकको प्रथम महिला सिइओको इतिहास बनाउँदै बैंकको सफल नेतृत्व गरेबापत प्रदान गरिएको वल्र्ड बिजनेस आउटलुकले जनाएको छ । नेपालबाट यो अवार्ड जित्ने मेगा बैंक र सिइओ खुन्जेली मात्रै रहेको बैंकको दाबी छ । सिइओ खुन्जेलीले यसै वर्ष ‘बेस्ट फिमेल अवार्ड २०२१’ पनि प्राप्त गरेकी थिइन् । 

ad
ad