१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार o७:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

ब्याजदर पुनरावलोकन गर्न रुपन्देहीका व्यवसायीको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o७:५२:oo

रुपन्देहीमा क्रियाशील उद्योगी तथा व्यावसायिक संस्थाले बैंकको ब्याजदर अस्वाभाविक रूपमा बढेको भन्दै पुनरावलोकनको माग गरेका छन् । रुपन्देही उद्योग संघमा भएको संयुक्त छलफलमा हालको विषम परिस्थितिबाट सिर्जित समस्याहरू समाधानका लागि आवश्यक पहल गर्न सम्बन्धित निकायहरूको ध्यानाकर्षण हुनुपर्ने माग गरिएको हो । 

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरूले लगानीमा बढाएको ब्याजले उद्योग–व्यवसाय क्षेत्र धराशायी हुने अवस्थामा पुगेको उद्योगी–व्यापारीको ठहर छ । देशको आर्थिक मेरुदण्डका रूपमा रहेको उद्योग–व्यवसाय क्षेत्र हालैको बढ्दो ब्याजको मारबाट प्रभावित बन्दै गर्दा स्वदेशी लगानी, रोजगारी र उत्पादकत्वसहित समग्र अर्थतन्त्र नै धरापमा पर्न जाने जोखिम बढेको जनाइएको छ । 

छलफलमा अप्रत्याशित रूपमा भइरहेको मूल्यवृद्धिले आमउपभोक्ताको क्रयशक्ति शिथिल बन्दै गएको मात्र नभई जनजीवन नै आतंकित बन्दै गएको अवस्थाबारे चर्चा भएको थियो । संस्थाहरूले  जारी गरेको विज्ञप्तिमा बुटवल बजार क्षेत्रबाट ट्रान्सपोर्ट कम्पनीहरूलाई एकीकृत रूपमा सारिएपछि उद्योगी–व्यवसायीहरूले नियमित ढुवानी कार्यमा झेल्नुपरेका कठिनाइ सम्बन्धमा समेत संघ–सस्थाहरूको ध्यानाकर्षण भएको जनाउँदै हाल उद्योगी–व्यवसायीहरूले तिर्नुपरेको चर्को भाडादर र असहजता सम्बन्धमा सम्बन्धित निकायहरूसँग छलफल अघि बढाई तत्कालै पहल गर्ने निर्णय गरिएको जनाइएको छ । 

छलफलमा रुपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेल, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे, नेपाल घरेलु तथा साना उद्योग महासंघ, रुपन्देहीका अध्यक्ष ध्रुव धिताल, उद्योग–व्यापार संघका अध्यक्ष गोविन्द गैरेलगायतको सहभागिता थियो । 

ad
ad