१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेमा पद खोजेकी छैन : करिश्मा मानन्धर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o८:oo

अभिनेत्री करिश्मा मानन्धरले पार्टीमा आफूले पद नखोज्ने बताएकी छिन् । नेकपा एमाले प्रवेश गर्दै मानन्धरले केपी ओलीको देश र जनताप्रतिको प्रतिबद्धता र त्यसका लागि आवश्यक क्षमता र कौशलताका कारण आफू एमालेमा समाहित भएको बताइन्। 

उनले पार्टीमा कुनै पदभन्दा पनि देशको हितमा काम गर्ने चाहना भएर एमालेमा आएको दाबी गरिन्। मानन्धरले एमालेको गुणगान गाउनेहरू देशभर रहेकाले पनि आफूलाई सो पार्टीमा प्रवेश गर्न प्रेरित गरेको बताइन्। 

उनी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्तिमा समेत थिइन्। नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी एकता भएपछि बनेको समाजवादी पार्टीमा केही समय सक्रिय रहेकी उनी पछि राजनीतिमा निष्क्रिय बनेकी थिइन्। स्थानीय तह निर्वाचनको सँघारमा उनी एमाले प्रवेश गरेकी हुन्।