मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ चैत ८ मंगलबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत ८ मंगलबार १७:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउँछ : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत ८ मंगलबार १७:o२:oo

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन्। मंगलबार काठमाडौंमा पूर्वमन्त्री प्रेमबहादुर सिंह, अभिनेत्री करिश्मा मानन्धरलगायतलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने भन्दै तयारीमा जुट्न पनि पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिए। 

मधेसले समृद्धि खोजेको उल्लेख गर्दै उनले सो काम एमालेले मात्रै पूरा गरेर देखाउने बताए। अध्यक्ष ओलीले जय मधेस भन्ने नै एमालेले भएको पनि जिकिर गरे। एमाले नेतृत्वको सरकारले मधेसको विकासका लागि काम गरेको उनको दाबी थियो। 

‘आगामी इलेक्सनमा हामी बहुमत ल्याउँछौँ। र, ल्याउनुपर्छ यस देशका लागि। म साथीहरूलाई आग्रह गर्न चाहन्छु– हामीले बहुमत ल्याउनपर्छ, ल्याउनेगरी लाग्नुस्। देश र जनताको हितका लागि पनि एमालेले बहुमत ल्याउनुपर्छ। समृद्ध नेपाल बनाउनुपर्छ,’ उनले भने। 

अध्यक्ष ओलीले एमाले किन प्रवेश गरिएछ भनेर पछुताउनुपर्ने अवस्था हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे। सिंगो देशको हित गर्ने एमालेमा प्रवेश गरेकाहरूको हित नहुने भन्ने हुनै नसक्ने उनको तर्क थियो। अध्यक्ष ओलीले एमालेमा प्रवेश गर्नेहरूको लहर नै चलेको उल्लेख गर्दै उनीहरूलाई आफ्नो पार्टीले देशको हितमा काम गरेकोमा सन्तुष्टि मिल्ने बताए।