मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 17 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एनआरएनएको महाधिवेशन चैत १० र ११ मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:३o:oo

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १०औँ महाधिवेशन चैत १० र ११ गते काठमाडौंमा हुने भएको छ। मंगलबार एनआरएनएले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विधानसम्मत दशौँ महाधिवेशन गर्ने जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कुमार पन्तले एनआरएनए एक र एकताबद्ध रहने दाबी गर्दै नेपालको सामाजिक तथा आर्थिक समृद्धिको निम्ति प्रभावकारी भूमिका खेल्ने बताए। पन्तले अधिवेशनबाट तीनैजना अध्यक्षका उम्मेदवारहरूले मिलेर संस्थालाई अघि बढाउने सहमति भएको उल्लेख गरे।

त्यस्तै, अध्यक्षका उम्मेदवार डा. बद्री केसीले अहिलेको अवस्थामा संस्थामा बृहत् आमसहमति गर्नुबाहेक अन्य कुनै विकल्प नभएको बताए। उनले हरेकले आफ्नो व्यक्तिगत स्वार्थभन्दा संस्थाको स्वार्थलाई माथि राखेर अघि बढ्न आवश्यक रहेको भन्दै अध्यक्षका तीनै प्रत्याशीहरू मिलेर संस्थालाई अघि बढाउने बताए।

अध्यक्षका अर्का प्रत्याशी कुल आचार्यले पदका लागि भन्दा पनि संस्था बचाउने निर्णयमा पुगेको बताए। उनले सबै गैरआवासीय नेपालीहरूले राष्ट्रिय सहमतिको अधिवेशन गर्नेमा जोड दिइरहेको पनि उल्लेख गरे।

त्यस्तै, अध्यक्ष पदका अर्का प्रत्याशी रविना थापाले  संस्थामा भएका विवादहरूलाई समाधान गरेर सहमतिमा अघि बढ्ने बताइन्। उनले अहिलेको एनआरएनएको अवस्थालाई सहमति र सहकार्यबेगर अघि लैजान गाह्रो भएको प्रस्ट पारिन्।