१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
फाइल फाेटाे ।
२o८१ जेठ २ बुधबार १४:११:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

केही मन्त्रालय हेरफेर हुने सम्भावना छ : अध्यक्ष प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १४:११:oo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डलमा हेरफेर हुने सम्भावना रहेको बताएका छन्। मंगलबार जनकपुरमा पत्रकारहरूले राखेको जिज्ञासाको जवाफ दिँदै प्रचण्डले यस्तो बताएका हुन्।

अहिलेसम्म औपचारिक रूपमा टुंगो नलागे पनि मन्त्रालय हेरफेरको सम्भावना रहेको उनले बताए। उनले भने, ‘मन्त्रिपरिषदमा हेरफेरको कुरा त चलेको छ, तर अहिलेसम्म औपचारिक ढंगले टुंगिएको छैन। केही मन्त्रालय हेरफेर हुने सम्भावना छ, केही नयाँ आउने सम्भावना पनि छ।’

गठबन्धनका निम्ति माओवादी केन्द्रले सबैभन्दा ठूलो त्याग गरेको भन्दै अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल हेरफेर भए आफ्नो हैसियतअनुसार माओवादीलाई मन्त्रालय चाहिने बताए। जसमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सकारात्मक रहेका उनको भनाइ छ।

‘गठबन्धनको निम्ति सबैभन्दा ठूलो त्याग माओवादी केन्द्रले गरेको छ। हिजो प्रधानमन्त्रीले पार्टीको महाधिवेशनसम्म मलाई सहयोग गर्नुपर्‍याे भनेर असाध्यै बढी जोड दिनुभयो। माधवजीले म त भर्खर नयाँ पार्टी बनाएको मलाई साह्रै दुख छ, मलाई सहयोग गर्नुपर्‍याे भन्नुभयो,’ प्रचण्डले भने, ‘सहयोग गर्नेजति सबै काम माओवादी केन्द्रकै हुने गरेको छ।’

ad
ad