मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ चैत ८ मंगलबार
  • Sunday, 13 July, 2025
२o७८ चैत ८ मंगलबार ११:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खेतमा शौच गर्न गएकी महिला बलात्कृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत ८ मंगलबार ११:४७:oo

रौतहटमा एक महिला बलात्कृत भएकी छिन्। जिल्लाको फतुवा विजयपुर नगरपालिका– २ शीतलपुर घर भएकी २२ वर्षीया विवाहित महिला गएराति बलात्कृत भएकी हुन्।

गएराति करिब साढे ८ बजे आफ्नै खेतमा शौच गर्न गएको वेला स्थानीय दुखी पटेलका छोरा २१ वर्षीय रूपलाल पटेलले जबर्जस्ती बलात्कार गरेको प्रहरीले बताएको छ। महिला चिच्याउन थालेपछि पटेलले महिलाको शरीरका विभिन्न अंगमा टोकेर घाइते बनाएको  इलाका प्रहरी कार्यालय लक्ष्मीनियाले जनाएको छ।

घटनामा संलग्न पटेल फरार रहेका र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी विनोद घिमिरेले बताए। घाइते महिलाको स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको घिमिरेले जानकारी दिए।