मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
श्रवण थापा सर्लाही
Invalid date format १२:४२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

राजर्षि जनक कप : क्वार्टरफाइनलमा पिप्ले र हिमालयन शेर्पा भिड्दै

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
Invalid date format १२:४२:oo

छैटाैँ राजर्षि जनक कप फुटबल खेलको पहिलो क्वार्टरफाइनल खेलमा पिप्ले युवा क्लब हेटौँडा र नेपाल आइस हिमालयन शेर्पा क्लब काठमाडौं मैदानमा उत्रने भएका छन्। 

बागमती नगरपालिका– ११, स्थित सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा जारी प्रतियोगिताको आइतबार पहिलो क्वार्टरफाइनल खेल हुन लागेको हो। उद्घाटन खेलमा मोफसलको ध्रुवतारा स्पोर्टिङ क्लबझापालाई पराजित गर्दै हिमालयन शेर्पाले क्वार्टरफाइनको यात्रा तय गरेको हो भने डिफेन्डिङ च्याम्पियन पिप्ले बाई पाएर क्वार्टरफाइनल प्रतिस्पर्धामा आएको हो।

खेलको विजेताले १० चैतमा हुने सेमिफाइनल खेलमा आयोजक बागमती वा न्युरोड टिम एनआरटीमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ। १२ टोली सहभागी प्रतियोगिताको फाइनल खेल चैत १३ गते हुने आयोजक बागमती युवा क्लबका सचिव कुमार प्रधानले जानकारी दिए। खेलमा एक विभागीय, चार ‘ए’ डिभिजन, पाँच मोफसल, विदेशी पाहुना टोली र आयोजक टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। 

प्रतियोगिताको विजेताले राजर्षि जनक कप १० लाख एक हजार र उपविजेताले पाँच लाख पाँच सय पुरस्कार प्राप्त गर्नेछन्। साथै सर्वोत्कृष्ट खेलाडीलाई नगद ५१ हजार, उत्कृष्ट गोलकिपर, प्रशिक्षक, मिडफिल्डर र रक्षकलाई नगद २५–२५ हजार र प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने स्थानीय एक खेलाडीलाई बागमती राईजिङ अफ दी इयर प्लेयर्स घोषणा गर्दै एक थान मोटरसाइकल प्रदान गरिने क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए।