मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत ६ आइतबार ०८:२६:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

गायक सपुतले ‘पिर’बाट हटाए विवादित दृश्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत ६ आइतबार ०८:२६:००

गायक प्रकाश सपुतले ‘पिर’ गीतको भिडियोबाट माओवादी पूर्वलडाकुको देहव्यापारसम्बन्धी दृश्य हटाएका छन् । गायक सपुतले शनिबार सामाजिक सञ्जालमार्फत गीतको भिडियोमा देखाइएको देहव्यापारको दृश्यलाई हटाएको जानकारी गराएका हुन् । उनले भिडियोलाई सम्पादन गरेर पुनः युट्युबमा अपलोड गरेको जानकारी दिएका छन् । 

नियोजित रूपमा माओवादी आन्दोलनलाई बदनाम गर्न खोजिएको आरोप लागेपछि गीतको भिडियो सम्पादन गरेको उनले बताए । ‘केही दृश्यमाथिको आलोचना, व्यापक चर्चासहित व्यावसायिक रूपमा सफल भएको गीत र भिडियो त हटाएको छ । तर, गीत र भिडियोमा गरिएको नेपाली समाजको चित्रण हटाएको छैन ! आम नेपालीको अवस्थाको प्रतिबिम्ब हटाएको छैन,’ उनले भनेका छन् ।

उनले पुरानो भिडियोमा रहेको देहव्यापार झल्किने दृश्य हटाएका छन् । उनले अघिल्लो साता सार्वजनिक गरेको गीत युट्युबमा अपलोड गरेलगत्तै विवादित बनेको थियो । उनको भिडियो एक सातामा करोडभन्दा बढीले हेरिसकेका थिए ।