मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ चैत ५ शनिबार ०८:१५:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

लिगलिगे साइकल दौडमा सुरज पहिलो

Read Time : > 1 मिनेट
२०७८ चैत ५ शनिबार ०८:१५:००

गोरखाको ऐतिहासिक क्षेत्र लिगलिगकोटमा भएको दोस्रो लिगलिगे साइकल दौडमा सुरज राना पहिलो भएका छन् । एपिएफका खेलाडी सुरजले निर्धारित ५३ किलोमटिरको दूरी दुई घन्टा २५ मिनेट ४८ सेकेन्डमा पूरा गरेका थिए । प्रतियोगितामा दुई घन्टा २५ मिनेट ५० सेकेन्डका साथ गोरखाका प्रकाश थापा दोस्रो भएका छन् । दुई घन्टा २५ मिनेट ५१ सेकेन्डमा निर्धारित दूरी पार गर्दै धादिङका लक्ष्मण मल्लले तेस्रो भए । दोस्रो हुने थापा भारतीय सेनामा तथा तेस्रो हुने मल्ल एपिएफमा आबद्ध छन् । मेन इलिटतर्फको प्रतियोगितामा ३७ जना सहभागी भएको देवेन्द्र बस्नेतले बताए । 

महिलातर्फ ६ जना सहभागीमध्येबाट त्रिभुवन आर्मी क्लबकी उषा खनाल पहिलो भइन् । निर्धारित दूरी दुई घन्टा ५५ मिनेट ५८ सेकेन्डमा खनालले पूरा गरिन् । तीन घन्टा ११ मिनेट १७ सकेन्डका साथ मञ्जुकुमारी खड्का दोस्रो भइन् । तीन घन्टा १७ मिनेट ४५ सेकेन्डमा दूरी पार गर्दै इन्द्रकला नेम्वाङ तेस्रो भइन् । मेन मास्टर विधातर्फ तीन घन्टा चार मिनेट ५८ सेकेन्डमा दूरी पूरा गर्दै नयन मानन्धर पहिलो भए । तीन घन्टा पाँच मिनेट ५९ सेकेन्डमा दूरी पूरा गर्दै विदेशी नागरिक जोस्चोन स्टेवार्ड दोस्रो भएका छन् । 

विभिन्न विधाका शीर्ष स्थानमा रहेका खेलाडीले २५ हजार, उपविजेताले २० हजार तथा तेस्रो भएका खेलाडीले १५ हजार रुपैयाँ पाएका छन् । विजेतालाई गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले पुरस्कार वितरण गरेका छन् । गण्डकी प्रदेशभित्र प्रकाश थापामगर पहिलो भए । हिक्मत बिके दोस्रो र खुसीमान घर्ती तेस्रो भएका छन् । गण्डकीतर्फ महिलामा उषा खनाल पहिलो र केसरी थापा दोस्रो भइन् । पालुङटार नगरपालिकाभित्रका मध्येबाट सुरज रानाभाट पहिलो र प्रभात रोका दोस्रो भए । 

मन्त्री गुरुङले साइकल रेसले लिलिगकोटको पहिचान गर्न र नयाँ इभेन्टका रूपमा विकास गर्न मद्दत पुग्ने बताए ।  पालुङटारदेखि सिरानचोक, लमजुङको राइनास हुँदै लिगलिगकोटसम्म खुला साइकल दौड आयोजना गरिएको हो । चेपे दोभानदेखि लिगलिगकोटसम्म दौडेर राजा हुने परम्परा रहेको त्यहाँ साइकल रेस प्रतियोगिताले पालुङटारको पहिचान अझै बढ्ने पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले बताए । लिगलिगकोटको प्रचारप्रसार गरी पर्यटन विकास गर्ने उद्देश्यले ‘दोस्रो लिगलिगे साइकल दौड’ गरिएको लिगलिग भिलेज स्पोर्टस्का अध्यक्ष संजीव राना मगरले बताए ।