१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १३:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दुई करोड ८५ लाखको सामान बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १३:५१:oo

पर्साबाट सशस्त्र प्रहरीको टोलीले विनाभन्सार नेपाल भित्र्याइएको दुई करोड ८५ लाख रुपैयाँबराबरको सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गणका अनुसार बरामद गरिएको सामग्रीमा कपडा, इलेक्ट्रोनिक सामान, हार्डवेयर, मोटर पार्टस्, खाद्यपदार्थ र किराना पसलका सामान छन्।

विभिन्न समयमा बरामद गरिएका ती सामग्री  वीरगन्ज भन्सार कार्यालय र बारास्थित राजस्व अनुसन्धान कार्यालयको जिम्मा लगाइएको छ। गत माघमा ६२ लाख रुपैयाँ, फागुनमा एक करोड १४ लाख रुपैयाँ र चैतको हालसम्ममा एक करोड आठ लाख रुपैयाँको सामान बरामद गरिएको हो।

बरामद गरिएका अधिकांश सामान अवैध रूपमा भन्सार छली नेपाल ल्याइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गणले जनाएको छ। सशस्त्र प्रहरीले पछिल्लोपटक चोरी, निकासी तथा तस्करी नियन्त्रणको अभियान सञ्चालन गर्दै आएको छ। रासस

ad
ad