१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १६:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मेरो मन्त्रालय फूलबारी हो, सबै थरीका साथीहरू छन् : मुख्यमन्त्री पाण्डे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १६:५o:oo

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो मन्त्रिमण्डल फूलबारी भएको बताएका छन्। नेपाल चेपाङ संघको पाँचौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले मन्त्रिमण्डल ठूलो भयो भन्नेहरूलाई लक्षित गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।

‘प्रचारप्रसारमा आउँछ मेरो मन्त्रिमण्डल– ठूलो भयो, मन्त्रालय धेरै बनायो। मेरो मन्त्रिमण्डल बगैँचाको फूलबारीजस्तो छ। एकजना चेपाङ छन्, एकजना दलित छन्, एकजना द्वन्द्वपीडित छन्। सबै थरीका साथीहरूको संयोग छ। गठबन्धन दलको सरकार छ,’ मुख्यमन्त्री पाण्डेले भने। उनले चेपाङलाई मन्त्री बनाउने आफ्नो प्रदेश पहिलो भएको उल्लेख गर्दै यसमा आफूलाई गर्व भएको बताए। बागमती सरकारमा चार राज्यमन्त्रीसहित १८ मन्त्री छन्।

यसैबीच, चेपाङ संघले आज भरतपुरमा जारी महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दै छ। अध्यक्षको रूपमा अहिलेसम्म संविधानसभा सदस्य गोविन्दराम चेपाङले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। अन्य पदका लागि भने आकांक्षीको संख्या धेरै छ। 
 

ad
ad