मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:o१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

उडान विस्तार गर्दै नेपाल एयरलाइन्स, नारितामा साताको दुई उडानको तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:o१:oo

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कोभिड– १९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ। महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एयरलाइन्सले महामारीअघि उडान सेवा दिइरहेका गन्तव्यमा पुनः उडान सुरु गरेको हो।

नेपाल एयरलाइन्सले दुई वर्षको अन्तरालपछि भारतको मुम्बई र बेंग्लाेरमा पुनः उडान गर्ने घोषणा गरिसकेको छ। निगमले आगामी मार्च २१ देखि बेंग्लाेर र मार्च २९ तारिखदेखि मुम्बईमा उडान गर्ने तयारी गरेको छ।

बेंग्लाेरमा साताको मंगलबार, बिहीबार र शनिबार उडान सञ्चालन हुनेछ भने मुम्बईमा बुधबार, शुक्रबार र आइतबार उडान गरिनेछ। महामारीको असहज अवस्थामा पनि नियमित उडान भइरहेको भारतको नयाँदिल्ली गन्तव्यमा पनि गत फागुन ३० देखि दैनिक दुई उडान भइरहेको छ। भारतले आफ्ना सबै प्रकारका व्यावसायिक उडान खुला गरेसँगै नेपाल एयरलाइन्सले दिल्लीमा दैनिक दुई उडान गरिरहेको हो।

जापानको नारितामा साताको दुई उडान
नेपाल एयरलाइन्सले जापानको नारितामा साताको दुई दिन उडान गर्ने गरी आवश्यक तयारी गरिरहेको छ। कोभिड महामारीका कारण उडान स्थगन भएको यो गन्तव्यमा निगमले पुनः उडान सञ्चालन गर्न लागेको हो। निगमले जापानको नारितामा साताको दुई उडान गर्ने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।

नारिता विमानस्थलमा अप्रिल १ देखि उडान गर्ने गरी तयारी भइरहेको छ। निगमका प्रवक्ता खड्काले कोभिड महामारीपूर्वका सबैजसो गन्तव्यमा पुनः उडान विस्तार गरेर नेपाल एयरलाइन्स उडान सेवामा पूर्ववत् लयमा फर्किएको उल्लेख गरिन्। नेपाल एयरलाइन्सले नारितामा अप्रिल १ देखि साताको मंगलबार र शुक्रबार उडान गर्नेगरी नयाँ तालिका सार्वजनिक गरिसकेको छ। हाल नारितामा साताको एक दिन शुक्रबार मात्रै उडान भइरहेको छ। नेपाल एयरलाइन्सले सात देशका नौ गन्तव्यमा उडान गर्दै आएको छ।

बैंककमा पनि साताको दुई उडान
नेपाल एयरलाइन्सले थाइल्यान्डको राजधानी बैंककमा पनि साताको दुई उडान सञ्चालन गर्ने भएको छ। यसअघि सातामा एक मात्रै उडान गरिरहेको नेपाल एयरलाइन्सले आगामी चैत ७ देखि सातामा दुई उडान गर्ने तयारी गरेको हो। रासस