१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार १५:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

मेयर कप राष्ट्रिय फुल कन्ट्याक्ट करातेका विजयीलाई पुरस्कार वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १५:३६:oo

दोस्रो ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता २०७८ का विजयीहरूलाई पुरस्कार प्रदान गरिएको छ। नेपाल बालकुमारी क्योकुसिन कराते संघले फागुन २७ र २८ गते मंगलबजारको हखामा आयोजना गरेको प्रतियोगिताका विजयीलाई पुरस्कार प्रदान गरेको हो।

पुरुष खुला तौल समूहमा रूपक नेपाली प्रथम  र सनी सिंह दोस्रो, पुरुष ५५ केजी तौल समूहमा ओम तामाङ प्रथम र रोशन गोतामे दोस्रो, पुरुष ६० केजी तौल समूहमा हितेश रानामगर प्रथम  र सञ्जयकुमार गुप्ता दोस्रो भए।

यसैगरी, महिला खुला तौल समूहमा मञ्जु विक प्रथम र सुस्मिता सुनुवार दोस्रो, महिला ५० केजी तौल समुहमा शान्ति थापामगर प्रथम र एकता कुमाल दोस्रो तथा महिला ५५ केजी तौल समूहमा रोहिणी कस्ती प्रथम र बन्दना तामाङ दोस्रो भए।

प्रथम हुने हरेक खेलाडीलाई नगद १५ हजार, सिल्ड र प्रमाणपत्र, दोस्रो हुने खेलाडीलाई रु. १० हजार र तेस्रो हुने खेलाडीलाई रु. पाँच हजार प्रदान गरिएको हो। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गरेकाे प्रतियोगितामा विभिन्न जिल्लाबाट आएका दुई सय खेलाडीको उपस्थित थियो।

पुरस्कार वितरणका क्रममा पहिलोपटक गोलाप्रथाद्वारा ५० हजार रुपैयाँ पुरस्कार राशि भएको स्वर्गीय रामजीप्रसाद बज्राचार्य स्मृति पुरस्कार आर्मीकी शान्ति थापामगरले प्राप्त गरिन्। कार्यक्रमका प्रमुख अतिथि मेयर महर्जनले आगामी वर्ष हुने तेस्रो मेयर कप संस्करणका लागि ललितपुर महानगरपालिकाबाट आगामी वर्षको बजेट विनियोजनका लागि रातो किताबमा उल्लेख गराउने प्रतिबद्धता व्यक्त गरे।

ad
ad