१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ८ मंगलबार १२:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ज्ञानेश्वरमा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १२:o१:oo

काठमाडौं महानगरपालिका– ३० ले सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरेको छ। मंगलबार काठमाडौं महानगरपालिका– ३० ले स्थापना गरेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उद्घाटन गरेका हुन्।

ज्ञानेश्वरमा प्रवर्द्धन केन्द्र उद्घाटन गर्दै थापाले आफू स्वास्थ्यमन्त्री रहेका वेलामा काठमाडौं महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकामा नागरिकलाई सेवा दिने उद्देश्यले सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गर्ने काम अघि बढेको उल्लेख गरे। आफू सरकारबाट बाहिरिएसँगै सो काम अलपत्र परेको भन्दै उनले हाल आफू र स्थानीय जनप्रतिनिधिहरूसमेतको सक्रियतामा केन्द्र सञ्चालन गर्न सफल भएको बताए।

यस केन्द्रले वडावासीहरूको स्वास्थ्यसँग सम्बन्धित सबै विषयहरूको विवरण राख्ने, स्वास्थ्य परीक्षण गर्ने, विभिन्न रोगहरू लाग्नै नदिन जनचेतना फैलाउने र सहुलियतमा औषधिहरूको व्यवस्था गर्ने उनले जानकारी दिए। यस्ता केन्द्र प्रत्येक वडामा हुनुपर्नेमा उनले जोड दिए।

थापाले आगामी दिनमा फिजियोथेरापी सेवा पनि सुरु गरिने बताए। केन्द्रले जनस्वास्थ्य प्रमुखको निगरानीमा स्वास्थ्यकर्मीहरूले वडाभित्रको सम्पूर्ण घरमा गएर स्वास्थ्यसम्बन्धी अनुगमन गर्ने जनाएको छ। वडामा कुन रोगको समस्या छ, सो समस्या समाधानका लागि सेवा सुविधा दिइने बताइएको छ।

ad
ad