१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका संखुवासभा
२o८१ जेठ २ बुधबार १o:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

मादी बस दुर्घटनाका मृतक परिवारलाई एक लाख सहयोग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, संखुवासभा
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:५३:oo

संखुवासभाको मादी नगरपालिका–६ स्थित सातघुम्तीमा भएको यात्रुबाहक बस दुर्घटनाका मृतक र घाइतेलाई मादी नगरपालिकाले राहत सहयोग दिने भएको छ । सोमबार बसेको कार्यपालिका बैठकले मादी नगरपालिकाभित्र भएको दुर्घटनामा परेका मृतक १५ जनाका परिवारलाई एक/एक लाख रुपैयाँ र घाइते चारजनालाई ५० हजार रुपैयाँका दरले राहत दिने निर्णय गरेको मादी नगरपालिकाका मेयर विदुर लिङथेपले बताए । 

आफ्नो नगरभित्र बस दुर्घटनामा परी नगरबासीले ज्यान गुमाएका परिवार र घाइते परिवारलाई केही राहत होस् भनेर नगरपालिकाले सहयोग गरेको उनले बताए । घटनास्थलमा मृतकहरूको सम्झनामा भुमेश्वर महादेवमा स्मारक बनाइने र त्यहाँ मृतकहरूको नाम लेखिनेसमेत निर्णय भएको मेयर लिङथेपको भनाइ छ ।

मादी नगरपालिकाले दुर्घटनाको भोलिपल्ट शुक्रबार सार्वजनिक रूपमा शोक बिदा दिएको थियो । गत बिहीबार बिहान करिब साढे ७ बजेतिर मादी नगरपालिकाको ओखरबोटेदेखि इटहरीतर्फ छुटेको बस दुर्घटना भएको थियो ।

ad
ad