Skip This
प्रकाश सपुतको गीतलाई लिएर कोही उत्तेजित हुनुपर्दैन : प्रचण्ड (भिडियोसहित)
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १o:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रकाश सपुतको गीतलाई लिएर कोही उत्तेजित हुनुपर्दैन : प्रचण्ड (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:४४:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपुतको गीत ‘पिर’लाई लिएर कोही उत्तजित हुनु नपर्ने बताएका छन् । सोमबार  प्रेस सेन्टर  कैलालीले धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले पिर  गीतलाई लिएर कोही उत्तेजित हुन आवश्यक नरहेको बताए । उनले गीतलाई एउटै ढंगबाट व्याख्या गरिन नहुने बताए । ‘मैले पूरै गीत हेर्न पाएको छैन । तर, त्यसको त्यति धेरै विरोध गर्नुपर्नेजस्तो मलाई लाग्दैन । मानिसहरूले आफ्नो अनुभव, अनुभूतिअनुसार गीत, कविता बनाउँछन्,’ उनले भने, ‘डिबेट त हुन सक्छ, तर माओवादी आन्दोलनको एउटा पाटोबारे कसैले चर्चा गर्‍यो भनेर हामी धेरै आवेगमा आउनुपर्ने म ठान्दिनँ ।’

नेतृत्वले शान्ति सम्झौतामा किन ल्यायो ? त्यसपछि कार्यकर्ताको व्यवस्थापन कति भयो, कति भएन ?’ उनले भने, ‘यो नेपालको इतिहासमा अहिले मात्र होइन, आउने सयौँ वर्षसम्म यसको पक्ष–विपक्षमा तर्क–वितर्क भइराख्ने एउटा महान्, ऐतिहासिक पहलकदमी हो जनयुद्ध ।’

कतार, मलेसिया जाँदा सयौँको संख्यामा जनयुद्धमा सहभागी लडाकुहरूले त्यहाँ दु:खपूर्ण जीवन बिताएको आफूले भेटेको उनले बताए । ‘त्यस्तो दुःख गरेर पनि उहाँहरूले मलाई भन्नुहन्थ्यो –तपाईंलाई अप्ठ्यारो पर्दा हामी जस्तोसुकै त्याग गर्न तयार छाैँ । हामी देशको निम्ति, राष्ट्रको निम्ति शान्तिप्रक्रियामा आइयो । गणतन्त्र, समावेशिता, संघीयतासम्म उत्पीडित जातिले केही न केही पाएका छन् भनेर गर्व गरेर बसेको पक्ष पनि छ,’ उनले भने, ‘शान्तिमा ल्याएर माओवादी पार्टीले बर्बाद  पार्‍यो भन्ने पाटो पनि छ ।’ माओवादी जनयुद्धबारे पक्ष–विपक्षमा हुने बहसलाई सहज रूपमा लिइनुपर्ने उनले बताए । 

कार्यकर्ता प्रशिक्षणका लागि नेता नारायणकाजी श्रेष्ठसँगै प्रचण्ड धनगढी पुगेका हुन् ।