१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १६:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

भाडा समायोजन नगरिए एकतर्फी बढाउने व्यवसायीको चेतावनी (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १६:२८:oo

यातायत व्यवसायीले चैत ७ सम्म सरकारले यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन्। पेट्रोलियम पदार्थमा पटकपटक मूल्यवृद्धि हुँदा पनि गत असार २७ गते समायोजन गरिएको भाडा अहिलेसम्म यथावत् रहेको जनाउँदै व्यवसायीले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेका हुन्।

विगतमा डिजेलको मूल्य एक सय चार रुपैयाँ हुँदा समायोज भएको भाडा अहिले एक सय ३३ रुपैयाँ पुग्दासमेत यथावत् हुनु विडम्बना भएको उनीहरूले बताएका छन्। बजारका हरेक वस्तुको मूल्य अकासिँदै गएको समयमा वैज्ञानिक भाडा समाजोजन आजको आवश्यकता भएको उनीहरूको भनाइ थियो।

आज पत्रकार सम्मेलन गरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले वैज्ञानिक रुपले भाडादर समायोजन गर्न सरकारसँग माग गरे। उनले ७ गतेसम्म भाडा समायोजन नभए बाध्य भएर व्यवसायी आफैँले समायोजन गर्ने चेतावनी दिए। व्यवसायीका अनुसार हाल तय भएको वैज्ञानिक भाडा प्रणालीअनुसार इन्धनको ३५ प्रतिशत सूचकलाई आधार मान्दा सार्वजनिक बसको लागत ९.०३, ट्रक (पहाड)को ११.८२ र ट्रक (तराई)को १३.१३ प्रतिशत लागत वृद्धि भएको छ। 

यस्तै, पेट्रोलबाट सञ्चालित सवारीसाधनको लागत ८.५ प्रतिशत वृद्धि भएको पत्रकार सम्मेलनमा जनाइएको थियो। व्यवसायीले गण्डकीमा भाडा समायोजन गरिए पनि बागमती प्रदेशमा भने नगरिएकोप्रति पनि ध्यानाकर्षण गराएका थिए। गएको असार २७ गते समायोजन भएको भाडादर पर्यटक बोक्ने सवारीसाधनको हकमा समायोजन नभएकाले त्यसमा पनि वैज्ञानिक भाडादर समायोजन गर्न माग गरिएको थियो। रासस

ad
ad